कपिलवस्तु, १ फागुन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ७ थान भरुवा बन्दुक सहित ३ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक दिनेश गुरुङको कमाण्डमा खटिएको प्रहरी टोलीले कपिलवस्तुको वांणगंगा नगरपालिका वडा नम्वर २ स्थित मनकामना सामुदायिक वनमा भरुवा बन्दुक लिई हिडिरहेको अवस्थामा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । […]