Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

संसारपोस्ट संवाददाता · ११ बैशाख २०८३ · 0
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित
90
SHARES
ShareTweet

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो ।

सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ विकेट गुमाएर २ सय ४८ रनको उच्च योगफल खडा गर्यो । जसमा ड्रस सुनारले ६६, अमर मिश्राले ५३, दिलसाद अलीले ३१ र आरिफ खानले १६ रन बनाए । डिभाइनका सुधीर श्रेष्ठले ३, नेलसन सुवेदी, रलेश चौरसिया, बालकुमार यादव, धुरेन्द्र पटेल र सुरज कलवारले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको भिाइन १३ ओभर ४ बलमा अलआउट हुँदै जम्मा ३९ रन मात्रै बनायो । उसका लागि बालकुमार यादवले १० रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा होराइजनका सिव्रिन श्रेष्ठले ५, अलिसन अधिकारी, विप्रसन केसी, प्रिन्स पाल, तुलबहादुर थापा र महेश भरले समान १–१ विकेट हात पारे । खेलमा सिव्रिन श्रेष्ठ प्लेयर अफ द म्याच भए ।

यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले १९ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय २७ रन जोड्यो । जसमा निश्चल चौधरीले ३६, दुर्गेश गुप्ताले २०, सिभान्स कपुरले १६ र सरिक अली मुसलमानले १५ रन बनाए । सैनामैनाका यदु यादव र विशाल भुसालले ३–३, अनमोल श्रीले २ तथा कृष्ण पन्थी र सुशान्त क्षेत्रीले १–१ विकेट लिए ।

प्रतिउत्तरमा सैनामैना १३ ओभर ५ बलमा सबै विकेट गुमाएर ७५ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न खुकुरीका उत्कर्ष यादव र बैतुल्लाह खानले ३–३, अजयकुमार चौहानले २ तथा प्रशान्त श्रीवास्तव र सिभान्स कपुरले १–१ विकेट लिए । सैनामैनाका अनमोल श्रीसले २२, विशाल भुसालले १९ र राज खनालले १० रन बनाए । खेलमा बैतुल्लाह खान प्लेयर अफ द म्याच भए ।

लुम्बिनी खुकुरी क्लब, भैरहवाको आयोजनामा जारी प्रतियोगितामा नेपालका १३ तथा भारतका ३ गरी कुल १६ टीमको सहभागिता छ । यही बैशाख १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टीमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक नन्दन श्रेष्ठले बताए । साथै, म्यान अफ द सिरिजलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही ५ हजार ५ सय रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई एक हजार ५ सय प्रदान गरिनेछ ।

≪ Previous Post

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क