
बुटवल, १४ असार । बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ । मंगलबार विहानैदेखिको वर्षाका कारण सडक अवरुद्ध भएको लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलले जनाएको छ । ट्राफिक कार्यालय बुटवलले दिएको जानकारी अनुसार बुटवल–पाल्पा सडक अन्तरगत सिद्धबाबा नजिकै माथिबाट आएको भेलसहितको छहराका कारण सडक अवरुद्ध भएको हो । वर्षाले सडकमाथिबाट आएको छहराको बहाव बढी भएपछि यातायात आवागमन […]