बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका -४ स्थित शृङ्गेश्वर धामको नवौं साधारणसभा सम्पन्न भएको छ ।
धामका अध्यक्ष ऋषि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा १००८ स्वामी विवेकानन्द सरस्वती महाराजले मानव सेवा नै सबै भन्दा ठुलो धर्म भएको बताउनु भयो । शृङ्गेश्वर धामले आफ्नो सेवा मार्फत मनुष्यको हितमा काम गरेको बताउनुहुँदै उहाँले कुनै पनि धर्मले मानिसलाई सत्मार्गमा हिडाउने भएकाले धर्मको सम्मान गर्नुपर्ने बताउनु भयो ।
धामका संरक्षक डा. नारायणप्रसाद पन्थले धामको बिकासको लागि सामाजिक अगुवाहरुको महत्त्वपूर्ण योगदान रहेको बताउनु भयो ।
धामका उपाध्यक्ष नेत्रप्रसाद ज्ञवालीको स्वागत तथा सचिब गणेश कँडेलको संचालनमा भएको साधारणसभामा सल्लाहकार टीकाराम शर्मा घिमिरे, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईं, तिलोत्तमा ४ का पूर्व वडाध्यक्ष दिवाकर ढकाल, वडा सदस्य मित्रलाल न्यौपाने, गुल्मेली सम्पर्क समाजका उपाध्यक्ष कविता अर्याल, पश्चिम नेपाल बस ब्यवसायी प्रा लि का अध्यक्ष दधिराम खरेल, धामका आजिवन सदस्त्य धर्मागत ज्ञवाली, निशुल्क आवासीय छोरी शिक्षा कार्यक्रमका अध्यक्ष ओमीकला पुनलगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
समाजका निवर्तमान सचिव तथा साहित्यकार पुरुषोत्तम पाण्डेले मानवता र धार्मिक आस्थाका सम्बन्धमा कविता प्रस्तुत गर्नु भएको थियो ।
उक्त कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रा लि का अध्यक्ष दधिराम खरेलले आफ्ना मातापिताको स्मृतिमा निशुल्क आवासीय छोरी शिक्षा कार्यक्रमका लागि रु ५१ हजार रकम सहयोग गर्नु भएको थियो भने अधिवक्ता खडानन्द भण्डारीले १५ हजार ५ सय १५ प्रदान गरि धामको विशिष्ट आजीवन सदस्यता लिनुभएको थियो ।