Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ किवानिज क्लब रुपन्देहीद्वारा जनता मा बि का विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

किवानिज क्लब रुपन्देहीद्वारा जनता मा बि का विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

संसारपोस्ट संवाददाता · २० पुष २०८२ · 0
किवानिज क्लब रुपन्देहीद्वारा जनता मा बि का विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण
140
SHARES
ShareTweet

तिलोत्तमा । सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि काम गर्दै आईरहेको किवानिज क्लब रुपन्देही लुम्बिनीले नयाँ वर्ष २०२६ को अवसरमा तिलोत्तमा–१३ तीनधुरा स्थित जनता माध्यमिक विद्यालयमा अध्यनरत विपन्न तथा गरिब विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ।

विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा बिपन्न वर्गका विद्यार्थीहरूको पठन–पाठनमा सहयोग पुर्‍याउने उद्देश्यले क्लवले कापी-कलम, खेलकुद सामग्री लगायतका शैक्षिक सामग्री तथा आवश्यक न्यानो कपडाहरू वितरण गरेको किवानिज क्लव रुपन्देही लुम्बिनीका अध्यक्ष गोविन्द प्रसाद भुसालले बताउनु भयो ।

बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्दै कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वडा नं. १३ का वडाध्यक्ष नारायण ढकालले सामाजिक सेवा र बालबालिकाको भविष्य निर्माणमा किवानिज क्लवले गर्दै आएको योगदानको प्रशंसा गर्नुभयो । उहाले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई उत्साह र प्रेरणा दिने बताउदै चिसो मौसममा जुत्ता नभएकै कारण विद्यालयको पठन पाठनबाट बन्चित भएका बिद्यार्थीहरुलाई थप जुत्ता वितरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
किवानिज डिस्ट्रिक (नेपाल) का प्रमुख सल्लाहकार शिव बहादुर काफ्लेले क्लबले “किवानिज चिल्ड्रेन फण्ड” कोषको निर्माण गरेको र बालबालिकाको समग्र विकासको क्षेत्रमा काम गर्न चाहने संस्था वा विद्यालयले कोषका निम्ति निबेदन दिए अवश्यक रकम उपलब्ध गराउने जानकारी दिनुभयो।

क्लवका अध्यक्ष गोबिन्द भुसालले किवानिज इन्टरनेशनलको मूल आदर्श “विश्वका बालबालिकाको सेवा” लाई आत्मसात गर्दै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा बालबालिका केन्द्रित कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

शैक्षिक सामाग्री बितरण कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य, बिद्यालयका शिक्षक शिक्षिका, विद्यार्थी तथा स्थानीय समुदायको सहभागिता रहेको थियो। किवानिज क्लबले सामुदायिक बिद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्री बितरण गर्नुका साथै असहाय बालबालिकाहरुलाई पनि आर्थिक एवम भौतिक सहयोग गर्ने गरेको क्लवका कोषाध्यक्ष रुस्तम कडेलले जानकारी गराउनु भयो ।

≪ Previous Post

सुरक्षा निकायलाई पेट्रोलियम पदार्थ विक्री गर्न नदिन निजी क्षेत्रका ब्यवसायीहरुको आग्रह

Next Post ≫

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क