Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सुरक्षा निकायलाई पेट्रोलियम पदार्थ विक्री गर्न नदिन निजी क्षेत्रका ब्यवसायीहरुको आग्रह
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सुरक्षा निकायलाई पेट्रोलियम पदार्थ विक्री गर्न नदिन निजी क्षेत्रका ब्यवसायीहरुको आग्रह

संसारपोस्ट संवाददाता · १३ पुष २०८२ · 0
सुरक्षा निकायलाई पेट्रोलियम पदार्थ विक्री गर्न नदिन निजी क्षेत्रका ब्यवसायीहरुको आग्रह
110
SHARES
ShareTweet

बुटवल । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन बुटवल, रुपन्देहीको २० औं वार्षिक साधारण सभा तथा नवौ अधिवेशन सम्पन्न भएको छ । एशोसिएशनको साधारण सभा तथा अधिवेशन एशोसिएशनको नयाँ नेतृत्व चयन गर्दै शनिबार बुटवलमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा बोल्ने पेट्रोलियम व्यवसायीहरुले देश र जनताको सुरक्षा गर्ने सेना, प्रहरी र आयल निगमले पेट्रोलियम पदार्थको कारोवार गर्दा निजी क्षेत्रका ब्यवसायीहरुलाई समस्या परेको बताएकाछन् । उनीहरुले निगम र सुरक्षा निकायले पेट्रोलियम पदार्थको कारोवार गर्ने भए निजी क्षेत्र पुग्न नसकेको ठाउँ दुरदराजमा गएर गर्न सुझाव दिदै निगम र सुरक्षा निकायलाई अव पेट्रोलियम पदार्थको कारोवार गर्न रोक लगाउन सरकारसंग माग गरेका छन् । उनीहरुले सेना, प्रहरीलाई पेट्रोलियम पदार्थ विक्री गर्न दिंदा निजी क्षेत्रका ब्यवसायी व्यवसायबाट विस्थापित हुने अवस्था आएको बताए ।
उनीहरुले नीजि क्षेत्रप्रति सरकार उदासिन भएको बताउंदै देशभरका १७ सय बढी पेट्रोल पम्पहरु संकटमा परेको बताउंदै दिन प्रतिदिन व्यवसायी विस्थापित हुंदै गएको गुनासो गरे । देशको सर्वोच्च निकाय, सिंह दरवार, संसद भवन, सर्वोच्च अदालत जस्ता उच्च निकाय र नेताहरुको सुरक्षा दिन नसक्ने सेना, प्रहरीले पेट्रोलियम पदार्थको ब्यवसाय गर्न नहुने उनीहरुको भनाईछ ।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन बुटवलका अध्यक्ष हिमाल गैरेले सेना, प्रहरीलाई पेट्रोलियम पदार्थ बेच्न दिने नेपाल आयल निगमको नीति र तौरतरिका गलत भएको भन्दै यो निर्णय तत्काल सच्चाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डीका भट्ले सेना, प्रहरीलाई पेट्रोलियम पदार्थ विक्री गर्न दिन हुन्न भन्ने व्ययवासीको मागप्रति गम्भीर बनेको बताउनुभयो । उहांले म आफु कर्मचारी भएको र पेट्रोलियम पदार्थ विक्री गर्न सेना, प्रहरीलाई दिन हुन्न भन्ने मागको विषयमा उपल्लो निकायसंग छलफल गर्ने प्रतिबद्दता जनाउनुभयो । उहांले उपभोक्तालाई पुरा तौल र गुणस्तरीय सामान उपलब्ध गराउनु पर्ने बताउंदै गुणस्तरीय र सुपथ मुल्यमा पेट्रोलियम पदार्थ उपभोक्तालाई दिने दायित्व आयल निगम र व्यवसायीको भएको बताउनुभयो ।
लुम्विनी प्रदेश सांसद वैजनाथ जैसवालले सरकारले नीजि क्षेत्रलाई संरक्षण गर्नुपर्ने बताउंदै राज्यलाई संकट परेका बेला सुरक्षा दिन नसकेको सेना, प्रहरीलाई इन्धन बेच्न दिन नहुनेमा जोड दिनुभयो । ,
नेपाल पेट्रोलियम डिलर्स एशोएिशनका केन्द्रिय अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले नीतिगत रुपमा नेपाल आयल निगमलाई सुधार गर्नुपर्ने बताउनुभयो । सरकारी निकायले ब्यापार गर्दा नीजि क्षेत्रका व्यवसायी धरासायी हुने अवस्था सिर्जना भएको बताउंदै अध्यक्ष प्रधानले भन्न्ुभयो ‘लगानी अनुसारको प्रतिफल व्यवसायीले पाउन सकेका छैनन् ।’
नापा तौल तथा गुणस्तर क्षेत्रीय कार्यालय बुटवलका प्रमुख तिलक केसीले हरेक प्रकारका समानको गुणस्तर र नापतौलमा एकरुपता हुनुपर्ने बताए ।
कार्यक्रममा एशोसिएशनका लुम्विनी प्रदेश संयोजक प्रेम न्यौपाने, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, नेपाल चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल, पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्वप्रसाद अर्याल, पेट्रोलियम डिलर्स एशोसिएशन बाग्मतीका अध्यक्ष अच्युतबहादुर खड्का, पेट्रोलियम डिलर्स एशोसिएशन गण्डकी, धौलागिरीका अध्यक्ष मोहन सुवेदी, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याल, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल लगातले बोल्दै राज्यले ब्यवसायी मैत्री नीति नवनाएकै कारण निजी क्षेत्रका ब्यवसायी समस्यामा परेको धारणा राख्नुभएको भएको थियो ।
कार्यक्रममा नेपाल आयल निगम भलवारी, गुणस्तर तथा नापतौल कार्यालय बुटवल, उत्कृष्ट पदाधिकारी, कर्मचारी, संस्थाका सल्लाहाकार, कार्य समितिका पदाधिकारी तथा सदस्यहरु सहित एसईई एवं विभिन्न विषयमा उच्च शिक्षा हासिल गरेका ब्यवसायीहरुका छोरा छोरीलाई सम्मान र प्रशंसा पत्र द्वारा सम्मान गरिएको थियो । यस्तै संस्थाको मुद्धती खातामा रहेको १० लाख रुपैयांको ब्याज वापत प्राप्त रकम अपाङ्ग स्याहार केन्द्र बुटवललाई प्रदान गरिएको थियो ।

एशोसिएशनको अध्यक्षमा पुनः हिमाल गैरे निर्वाचित

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन बुटवल, रुपन्देहीको अध्यक्षमा पुनः हिमाल गैरे निर्वाचित हुनुभएको छ । एशोसिएशनको २० औं वार्षिक साधारण सभा तथा नवौ अधिवेशनबाट हिमाल गैरे सर्वसम्बत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
अध्यक्ष सहित एशोसिएशनको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन आयुक्त खिमानन्द भट्टराईले जानकारी गराउनुभयो । निर्वाचन आयुक्त भट्टराईका अनुसार एशोसिएशनको बरिष्ठ उपाध्यक्षमा हरिराम कसौधन, प्रथम उपाध्यक्षमा रजनिशराज आचार्य, द्वित्तीय उपाध्यक्षमा गोपालप्रसाद बस्याल, महासचिवमा डाँसिराम अधिकारी, कोषाध्यक्षमा बिशाल गैरे, सचिवमा लोकप्रसाद भुसाल, सह कोषाध्यक्ष अभिशेक भारी र सह सचिवमा घनश्यामप्रसाद कान्दु सर्वसम्म हुनुभएको छ ।
त्यस्तै ९ जिल्ला कार्यक्षेत्र रहेको एशोसिएशनको रुपन्देही जिल्ला संयोजकमा सुनिल थापा, कपिलवस्तु संयोजकमा मोहम्मद् असलम खान, नवलपरासी संयोजकमा राजेशकुमार गुप्त, पाल्पा, स्याङ्ंजा संयोजकमा ज्ञानप्रसाद भट्राई र गुल्मी, अर्घाखांची बाग्लुड र रुकुमपूर्वको संयोजकमा डिलाराम न्यौपाने सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
त्यस्तै कार्यसमित सदस्यमा दिनेशकुमार कसौधन, सुखराम बर्मा सोनार, विजयकुमार कसौधन, भरतजँग कुम्वर, दुर्गाप्रसाद चापागाई, टंकप्रसाद न्यौपाने, तिलकमणि अधिकारी, नवराज भट्टराई, कम्पोटर पासी निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै लेखा समिति संयोजकमा बृजेन्द्रकुमार कसौधन तथा सदस्यमा चुडामणी न्यौपाने र बिजयकुमार बानिया सर्वसम्मत चयन हुनुभएको छ ।
निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचन आयुक्त खिमानन्द भट्टराईले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो भने एशोसिएसनका केन्द्रीय अध्यक्ष लिलेन्द्र प्रसाद प्रधान, महासचिव विश्व अर्याल र प्रदेश संयोजक प्रेम न्यौपानेले बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो ।

≪ Previous Post

तिलोत्तमा व्यापार संघको १२औँ वार्षिक साधारण सभा

Next Post ≫

किवानिज क्लब रुपन्देहीद्वारा जनता मा बि का विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क