Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

संसारपोस्ट संवाददाता · २६ चैत्र २०८२ · 0
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण
110
SHARES
ShareTweet

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो ।
संघका अध्यक्ष गोपाल ज्ञवालीले प्रदेशमा प्रसारण कार्यालय भएका टेलिभिजनहरूको संरक्षणका लागि तत्काल कार्यक्रम कार्यान्वयन आवश्यक रहेको बताउनुभयो । उहाले प्रदेश सरकारले दिने विज्ञापन अनुदान बापत टेलिभिजन कार्यक्रमका लागि हालसम्म सम्झौता नभएको उल्लेख गर्दै तत्काल सम्झौता गरी प्रसारण सुनिश्चित गर्न माग गर्नुभयो ।
त्यसैगरी संघले प्रदेश सभा तथा विभिन्न मन्त्रालयहरूले दर्ता भएका टेलिभिजनलाई बेवास्ता गर्दै आफैं कार्यक्रम सञ्चालन गरिरहेको भन्दै त्यस्ता गतिविधि रोक्न र आधिकारिक टेलिभिजनमार्फत मात्र कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ ।
संघले विगतमा लुम्बिनी प्रदेश सरकारले गठन गरेको यम बहादुर गाहा (मिलन) नेतृत्वको प्रतिवेदन कार्यान्वयन नभएकोप्रति पनि गम्भीर ध्यानाकर्षण गराउँदै सो प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले संघको ध्यानाकर्षणप्रति सरकार गम्भीर रहेको बताउँदै समस्या समाधानका लागि सरकारले काम गर्ने बताउनुभयो ।
उक्त भेटमा संसदीय मामिला पत्रकार समाजका अध्यक्ष घनश्याम गौतम, राष्ट्रिय टेलिभिजन प्रशारण संघका पूर्व अध्यक्ष नरेश केसी, सहसचिव नवीन घिमिरे लगायतको सहभागिता रहेको थियो ।

 

≪ Previous Post

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क