Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा व्यापार संघको १२औँ वार्षिक साधारण सभा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा व्यापार संघको १२औँ वार्षिक साधारण सभा

संसारपोस्ट संवाददाता · १३ पुष २०८२ · 0
तिलोत्तमा व्यापार संघको १२औँ वार्षिक साधारण सभा
70
SHARES
ShareTweet

तिलोत्तमा । तिलोत्तमा व्यापार संघको १२ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभाको उदघाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले तिलोत्तमाको आर्थिक विकासमा व्यवसायीहरुको भूमिका निर्णायक रहेको बताउनुभयो । उनले व्यापार संघले व्यवसायीको हक–हित संरक्षण, व्यावसायिक एकता र समस्या समाधानमा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।
नगर प्रमुख खाणले व्यवसायिक सुरक्षाको वातावरण निर्माण गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको स्पष्ट गर्दै चोरी, आगलागी, कर तथा प्रशासनिक झन्झटजस्ता समस्याको समाधानमा नगरपालिका गम्भीर रहेको बताउनुभयो । उहांले तिलोत्तमा व्यापार संघको आफ्नै भवन निर्माणका लागि नगरपालिका आवश्यक जग्गा व्यवस्थापनको प्रक्रियामा लागेको जानकारी गराउँदै, संघलाई दीर्घकालीन रूपमा सशक्त बनाउनेतर्फ स्थानीय सरकार सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो । “व्यवसायी सुरक्षित भए मात्र नगरको आर्थिक चक्र बलियो हुन्छ,” उहांले भन्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले व्यवसायीहरू स्थानीय विकासका साझेदार भएको बताउनुभयो । उहांले साना तथा मझौला व्यवसायीले भोग्दै आएका समस्या समाधान गर्न नगरपालिकाले नीतिगत तथा व्यवहारिक सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । उपप्रमुख चौधरीले महिला, युवा तथा घरेलु उद्योगलाई प्राथमिकतामा राखेर उद्यमशीलता प्रवद्र्धन गर्ने नगरको नीति रहेको बताउँदै व्यापार संघसँग सहकार्यलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले निजी क्षेत्रलाई सहज वातावरण नदिई समृद्धि सम्भव नहुने बताउनुभयो । उहांले कर प्रणाली सरल, पारदर्शी र व्यवसायमैत्री हुनुपर्नेमा जोड दिंदै तिलोत्तमा व्यापार संघको आफ्नै सचिवालय भवनका लागि अहिलेसम्म जग्गाको व्यवस्थापन हुन नसक्नजु बिडम्बना भएको बताउनुभयो ।
संघका संस्थापक अध्यक्ष एवं चेम्बर अफ कमर्शका प्रदेश उपाध्यक्ष झविन्द्रप्रसाद कंडेलले संघको स्थापनाकालीन उद्देश्य र अहिलेको भूमिकाबारे चर्चा गर्दै व्यवसायी एकतामार्फत मात्र अधिकार सुनिश्चित गर्न सकिने बताउनुभयो ।
संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सीमा भन्सार व्यवस्थापन सुधार, रिभ्याट प्रणाली लागू, व्यवसायीमैत्री नीति निर्माण तथा व्यवसायीको सुरक्षा सुनिश्चित गर्नुपर्ने विषयमा जोड दिनुभयो ।
कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, एमाले तिलोत्तमा नगर अध्यक्ष मिनप्रसाद पोखरेल, नेकपा माओवादी तिलोत्तमा नगर अध्यक्ष रजजु रसाइली, तिलोत्तमा उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष सुरज पंगेनी, तिलोत्तमा व्यापार संघका प्रेस सल्लाहकार लक्ष्मण पौडेल, वरिष्ठ उपाध्यक्ष बिष्णुबहादुर बराल क्षेत्री, महासचिव चेतनारायण विश्वकर्मा लगायतले स्थानीय सरकार र व्यवसायीबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा पसल चोरीबाट क्षति व्यहोरेका तिलोत्तमा भाँडा पसलका सञ्चालक कृष्ण सुवेदी तथा विद्युत सर्ट भई आगलागीबाट क्षति पुगेको तिलोत्तमा–२ शंकरनगरस्थित गौतम इलेक्ट्रिकका सञ्चालक शालिकराम गौतमलाई राहत रकम प्रदान गरिएको थियो ।

≪ Previous Post

शँकरनगर सामुदायिक वन उपभोक्ता समूहको २५औँ वार्षिक साधारणसभा

Next Post ≫

सुरक्षा निकायलाई पेट्रोलियम पदार्थ विक्री गर्न नदिन निजी क्षेत्रका ब्यवसायीहरुको आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क