Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
किवानिज क्लब रुपन्देहीद्वारा जनता मा बि का विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

किवानिज क्लब रुपन्देहीद्वारा जनता मा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

संसारपोस्ट संवाददाता · २६ पुष २०८२ · 0
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान
80
SHARES
ShareTweet

तिलोत्तमा । नेपाल आयल निगम लिमिटेडको ५६ औं वार्षिकोत्सव निगमको लुम्बिनी प्रादेशिक कार्यालय भलवारी रुपन्देहीले खेलकुद प्रतियोगिता तथा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान गरि मनाएको छ ।

निगमको प्रादेशिक कार्यालय भलवारीमा शनिबार बिशेष कार्यक्रमको आयोजना गरि प्रादेशिक कार्यालयले निगम सङ्ग समन्वय गरि पेट्रोलियम पदार्थको कारोवारलाई थप बिश्वस्निय बनाउन पुर्याएको योगदानको कदर गर्दै नेपाल पेट्रोलियम राष्ट्रिय एशोसिएशन लुम्बिनी प्रदेश संयोजक प्रेम न्यौपाने र वरिष्ठ ब्यवसायी चोपनारायण श्रेष्ठलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको हो । यस्तै निगमले कम लस गरि अनुशासित ढङ्गले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर चालक दुर्बिजय प्रसाद थारुलाई पनि सम्मान गरेको छ ।

यस्तै कार्यक्रममा वार्षिकोत्सवको अवसरमा निगमले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगितामा प्रथम र दोस्रो भएका खेलाडीहरुलाइ शिल्ड, प्रमाण पत्र र पुरस्कार बितरण गरिएको छ ।
प्रतियोगितामा हवाई इन्धन डिपो भैरहवाका कृष्ण थारु र अशोक भुजेल्को जोडी प्रथम तथा पश्चिमाञ्चल पेट्रोलियम डिलर्श एशोसिएशनका विशाल गैरे र बाबुराम पाठकको जोडि दोस्रो भएका थिए ।

यस्तै निगमले वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुका बिचमा आयोजना गरिएको कुर्ची दौड प्रतियोगितामा इन्दिरा भण्डारी प्रथम र गरिमा खाती दोस्रो भएका छन । चम्चा दौडमा प्रथम गरिमा खाती र सबिता गौतम दोस्रो भएका छन भने पुरुष तर्फ अमित लोहनी प्रथम र लोकनाथ अर्याल दोस्रो भएका छन । यसैगरि डोरि तान्ने प्रतियोगितामा हावाइ इन्धन डिपो भैरहवा प्रथम र लुम्बिनी प्रादेशिक कार्यालय दोस्रो भएका छन ।यसैगरी पुरुष २०० मिटर दौडमा दिपेस लिम्बू प्रथम र सुरज श्रेष्ठ दोस्रो, महिला १०० मिटर दौडमा महिला रचना पौडेल प्रथम र गरिमा खाती दोस्रो भएका छन भने हन्डीफोरमा आशिष घिमिरे प्रथम भएका छन ।

कार्यक्रममा निगमका लुम्बिनी प्रादेशिक प्रमुख शैलेन्द्र भुसालले बिगतमा ब्यवसायीले मागेजति पेट्रोलियम पदार्थ दिननसक्ने अवस्थामा रहेको भलवारी डिपो हालको अवस्थासम्म आइपुग्दा भौतिक र समरचनात्मक हिसावले धेरै प्रगति भएको बताए । निगमलाई दिगो बनाउने कुरामा सबैको साथ र सहयोग रहेको उल्लेख गर्दै कुनैपनि समस्या लिएर निगममा डेलिगेशन आउननपर्ने वातवरण निर्माण गर्ने प्रतिबद्धता जनाए । उनले बिद्युतिय गाडिको बढ्दो प्रयोग सङ्गै निगम्को कारोवारलाई दिगो बनाउन व्यापार बिबिधिकरण गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याए ।

नेपाल पेट्रोलियम राष्ट्रिय एशोसिएशनका लुम्बिनी प्रदेश संयोजक प्रेम न्यौपानेले कर्म गर फलको अपेक्षा नगर भन्ने सिद्धान्त अनुसार काममा खटिदै आएको अवस्थामा निगमले गरेको सम्मानले थप जिम्मेवार भएर कर्ममा लाग्ने प्रेरणा मिलेको बताए ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष हिमाल गैरेले आम ब्यवसायी र उपभोक्ताको हित संरक्षणका लालागी डिलर, ढुवानी ब्यवसायी र निगम त्रिकोणात्मक सम्बन्ध र समन्वय स्थापित गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याए । उनले डिजलको लोडिङ्ग पोइन्ट भलवारिमा राख्न आग्रह गर्दै आर्थिक अभावको नाउमा निगमको पुर्वाधार बिकास नरोकिने बिश्वास ब्यक्त गरे ।

निगमका पूर्व बिज्ञ सदस्य राजेन्द्र गुप्ताले इन्धन्को स्वचालित मूल्य अनुसार मूल्य घट बढ हुदा डिजलको मूल्य बढी घटाउनु पर्ने र डिजलको मूल्य घट्दा उपभोक्ताको हितको लागि सार्वजनिक सवारी र ढुवानी भाडा पनि घट्नु पर्ने बताए ।

पश्चिमाञ्चल ट्याङ्कर ब्यवसायी संघका अध्यक्ष राकेश कसौधनले इन्धनको माग बढ्दा अमलेखगन्ज बाट मात्र आउने इन्धनले माग थेग्न नसक्ने भन्दै बैकल्पिक रुपमा भारतको लखनौ र बेतालपुरबाट पनि इन्धन आयात गर्न सुझाव दिए ।

कार्यक्रममा निगमका प्रबन्धक सुरेन्द्र बिस्ट, उप प्रबन्धक पवन यादव, उपनिर्देशक रमहरी निरौला, नेपाल यातायात मजदुर सङ्गठनका अध्यक्ष दामु खरेललगायतले शुभकामना ब्यक्त गरेका थिए ।

≪ Previous Post

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

Next Post ≫

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क