Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

संसारपोस्ट संवाददाता · २७ फाल्गुन २०८२ · 0
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता
90
SHARES
ShareTweet

बुटवल । खेलकुदले स्वस्थ जीवनशैली, आपसी मित्रता र सामाजिक सद्भावलाई सुदृढ बनाउने विश्वासका साथ बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ ।

बुटवल ब्याडमिन्टन क्लबल को आयोजनामा बुटवल–११ देविनगर माँझगाउ स्थित कभर्ड हलमा यही फागुन २९ र ३० गते दुई दिनसम्म प्रतियोगिताहुने भएको छ ।

प्रदेशस्तरमा ब्याडमिन्टन खेलको विकास, खेलाडीहरूबीच प्रतिस्पर्धात्मक वातावरण निर्माण तथा खेल संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले क्लबले हरेक वर्ष विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको कार्यक्रमका संयोजक तथा क्लबका तृतीय उपाध्यक्ष भानु केसीले जानकारी गराउनुभयो ।

उहाँले सोही अभियानलाई निरन्तरता दिँदै यसपटक चौथो संस्करणको लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्न लागिएको जनाउनु भयो।

प्रतियोगितामा मेन्स डबल, भेट्रान्स डबल (५५ वर्षमाथि), र मास्टर भेट्रान्स डबल (४५ वर्षमाथिकोले ३५ वर्ष माथीकोलाई पाटनर बनाएर खेल्नु पर्ने ) गरी ३ विधामा प्रतिस्पर्धा हुनेछन्। लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट अनुभवी तथा उदीयमान खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको क्लबका अध्यक्ष नलराज नेपालले बताउनु भयो।

मेन्स डबलतर्फ प्रथम हुने टिमले ४० हजार रुपैयाँ, दोस्रो हुने टिमले ३० हजार रुपैयाँ र तेस्रो हुने टिमले २० हजार रुपैयाँसहित मेडल, सिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

त्यसैगरी ५५ वर्षमाथिको भेटरान्स डबलतर्फ प्रथम हुने टिमले २० हजार रुपैयाँ, दोस्रो हुने टिमले १५ हजार रुपैयाँ र तेस्रो हुने टिमले १० हजार रुपैयाँसहित मेडल, सिल्ड र ट्रफी प्राप्त गर्नेछन्।

यस्तै ३५ वर्षमाथि र ४५ वर्षमाथिको मास्टर भेटरान्स डबलतर्फ प्रथम हुने टिमले ३० हजार रुपैयाँ, दोस्रो हुने टिमले २५ हजार रुपैयाँ र तेस्रो हुने टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको छ।

बुटवल ब्याडमिन्टन क्लबका अनुसार प्रतियोगिताले खेलाडीहरूबीच प्रतिस्पर्धा मात्र नभई अनुभव आदान–प्रदान, मित्रता विस्तार र खेल संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

खेलकुदलाई स्वस्थ समाज निर्माणको बलियो माध्यमका रूपमा स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिताले प्रदेशस्तरमा ब्याडमिन्टन खेलप्रति आकर्षण अझ बढाउने विश्वास आयोजकले व्यक्त गरेको छ।

≪ Previous Post

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

Next Post ≫

प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क