Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

संसारपोस्ट संवाददाता · ११ बैशाख २०८३ · 0
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला
60
SHARES
ShareTweet

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो ।

उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले बायु प्रदुषण त गरिरहेको छ नै मानव स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव परिरहेको छ । यसैलाई मध्येनजर गरेर विशेष गरी नवउद्यमीकालागि उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष (वाणिज्य उपाध्यक्ष) विमलराज भट्टराईले उद्योग व्यवसायमा हुने साना साना कुराको सुधारले पनि कार्वन उत्सर्जन न्यूनिकरण गर्न सकिने बताए । उनले उद्योग व्यवसायमा हुने साना साना कुराको सुधारले उत्पादन लागतलाई समेत घटाउन मद्धत गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा ‘क्रिएटिभ ग्रीन इकोनोमी’ अवधारणाअन्तर्गत हस्तकला उत्पादनमा वातावरणमैत्री अभ्यास अपनाउने, कार्बन उत्सर्जन घटाउने र स्थानीय स्रोतको प्रयोग बढाउने विषयमा स्टोरी साईकलका सौरभ ढकालले जानकारी गराएका थिए ।

जलवायु परिवर्तनसँग सम्बन्धित नेपाली हस्तकलाको दिगोपन प्रवर्द्धन गर्नका लागि पनि कार्वन उत्सर्जन न्यूनिकरण उपयोगी हुने साना हस्तकलाकी उसा पुनले बताईन् ।

कार्यक्रममा ‘लाइफ साइकल असेस्मेन्ट’ मार्फत उत्पादनदेखि प्रयोग र पुनःप्रयोगसम्मको कार्बन प्रभाव मापन गर्ने तरिकाबारे प्रशिक्षण दिइएको थियो । साथै, मानिस, पृथ्वी, नाफा, उद्देश्य र स्थानको अवधारणालाई आत्मसात गर्दै दिगो उत्पादन र बजार विस्तारमा जोड दिइएको बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले बताए ।

स्टोरी साईकलका निश्चल वली र साना हस्तकलाकी रोजिना थापाका अनुसार यसबाट नेपाली हस्तकला अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्ने, कार्बन क्रेडिटबाट आम्दानी गर्न सकिने जस्ता लाभ लिन सकिनेछ । साना हस्तकलाको कार्वन म्यापिङको उदाहरण प्रस्तुत गर्दै समुहगत रुपमा हस्तकला, खाद्यबस्तु, धातुजन्य बस्तु, पर्यटन लगायतका व्यवसायमा कार्वन म्यापिङ गरिएको थियो ।

≪ Previous Post

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Next Post ≫

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क