बुटवल, १ फागुन । भौतिक रुपमा मरेर गएपनि सदा अमर रहने गरी स्वर्गीय हुनुभएका खेमराज पुनको आफु वाँच्ने र अरुलाई बचाउने जिवन दर्शन थियो । हारेर पनि जित्ने र मरेर पनि बाच्नेहरुको सूचिमा बुटवल निवासी स्वर्गीय पुनलाई लिन सकिन्छ ।
उहाँले सामाजिक क्षेत्रमा गरेको योगदानको चर्चा गर्ने हो भने उहाँले प्रत्यक्ष रुपमा १ करोड ३२ लाख रुपैयाँको खेमओमी पुन कल्याणकारी प्रतिष्ठान संचालन गरी खान र पढ्न नपाएका गरीबहरुको अभिभावक वन्नु भएको थियो । पुनको ५९ वर्षको उम्मेरमा ज्यान गएकोमा अधिकांसका आखां अझै ओभाएका छैनन् । गुल्मेली सम्र्पक समाज रुपन्देहीका संस्थापक तथा जेष्ठ नागरिक मिलन केन्द्र तिलोत्तमा ४ का अध्यक्ष पुनको सम्झनामा उहांको निधन भएको ५ आंै दिनको पुन्य तिथिमा विभिन्न ४ वटा सामाजिक संस्थाले सामुहिक रुपमा श्रद्धाञ्जली सभा गरेर स्वर्गीय पुनको स्मरण गरेका छन् ।
गुल्मेली सम्र्पक समाज रुपन्देही, श्रृँगेश्वर धाम तिलोत्तमा ४, जेष्ठ नागरिक मिलन केन्द्र र रेसुङ्गा अलौकिक सहकारी संस्थाले सामुहिक रुपमा शोक सभाको आयोजना गरेका हुन् । सामाजिक क्षेत्रमा सबैको प्ररेणाका स्रोत रहनुभएका पुन भौतिक रुपमा नरहेता पनि उहाँको योगदान र चाहानाहरुलाई सम्पर्क समाजले पुरा गर्ने गुल्मेली सम्र्पक समाज रुपन्देहीका अध्यक्ष डा. नारायण प्रसाद पन्थले प्रतिवद्धता जनाउनु भयो ।
खेमओमी पुन कल्याणकारी प्रतिष्ठानका संरक्षक, औषधी व्यवसायी संघ लगायत दर्जन बढी संघ संस्थामा आवद्ध पुनले समाजमा गरेको सामाजिक योगदानलाई हुने खानेहरुले अनुसरण गर्न जरुरी छ । विसं २०१९ साल मंसिर १७ गते गुल्मीको भार्सेमा जन्मिनु भएका पुन बुटवलका सफल औषधी व्यवसायीका रुपमा समेत चिरपरिचित रहेको धामका सचिव केशवराज पोखरेलले बताउनु भयोे ।
