Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा : मंगलापुर—कान्छीबजार सडक निर्माण गर्न ग्लोबल टेण्डर आह्वान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा : मंगलापुर—कान्छीबजार सडक निर्माण गर्न ग्लोबल टेण्डर आह्वान

संसारपोस्ट संवाददाता · २१ माघ २०७८ · 0
तिलोत्तमा : मंगलापुर—कान्छीबजार सडक निर्माण गर्न ग्लोबल टेण्डर आह्वान
90
SHARES
ShareTweet

तिलोत्तमा, २१ माघ । तिलोत्तमा नगरपालिकाको मंगलापुर—कान्छीबजार सडक निर्माणको लागि ग्लोबल टेण्डर आह्वान भएको छ । ग्लोबल टेण्डरबाट निर्माण हुन थालेको यो तिलोत्तमा नगरपालिकाको पहिलो विकास आयोजना हो । सडक निर्माणको लागि योग्यता पुगेका अन्तर्राष्ट्रिय निर्माण कम्पनीले पनि टेण्डरमा सहभागी हुन पाउने छन् ।
मंगलापुर—कान्छीबजार सडक विश्व बैंकको सहयोगमा सहरी विकास मन्त्रालयको शहरी शासकीय तथा पूर्वाधार आयोजना (एन.यु.जी.आई.पी) मार्फत् निर्माण हुन थालेको हो । निकैं लामो तयारीपछि विभिन्न प्रक्रिया पार गर्दै सडक निर्माणको लागि शुक्रबार टेण्डर आह्वान भएको छ ।
ग्लोबल टेण्डरमा निर्माण कम्पनीहरुले सूचना प्रकाशित भएको ४५ दिनभित्र आवेदन गर्न सक्नेछन् । कार्यसम्झौताको दुई वर्ष भित्र निर्माण सक्ने गरी तिलोत्तमा नगरपालिकाले टेण्डर आह्वान भएको हो ।
नगर प्रमुख बासुदेव घिमिरेले विभिन्न प्रक्रिया पार गर्दै सडक निर्माणको लागि टेण्डर आह्वान हुनु सबैको लागि खुशीको कुरा रहेको बताउँदै यो सडक यस क्षेत्रकैं लागि नमूना हुने विश्वास व्यक्त गर्नुभयो । सडक निर्माणको लागि स्थानीय स्तरमा छलफल, वातावरणीय प्रभाव मूल्यांकनलगायतका सम्पूर्ण प्रक्रिया पूरा भैसकेका छन् ।
अस्फाल्ट मेट्रियलको प्रयोग हुने यो सडक आयोजनाको कुल लागत ७९ करोड ५५ लाख रहेको नगरपालिकाका योजना प्रमुख ई. प्रदीप वनले जानकारी दिनुभयो । सडक निर्माणको क्रममा खानेपानी, विद्युत्, टेलिफोनका पोल व्यवस्थापनका सबै काम हुनेछन् । फुटपाथ, नालीसहित ४३ फुट कायम गरिएको यो सडक पहिलो चरणमा ५ किलोमिटर निर्माणको लागि टेण्डर आह्वान भएको हो । बाँकी रोहिणी पुलसम्मको सडक निर्माणको काम क्रमशः अघि बढ्ने नगरपालिकाले जनाएको छ । मंगलापुर—कान्छीबजार वडा नं. ७, वडा नं. ९ र वडा नं. १० मा पर्दछ ।
सडक निर्माणको लागि नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरी, वडाध्यक्षहरु दुर्गा पाण्डेय, नारायण न्यौपाने, व्यासमुन चौधरीलगायतका जनप्रतिनिधिहरुले विश्व बैंकका प्रतिनिधि तथा स्थानीय बासिन्दासँग विभिन्न चरणमा छलफल एवं अन्तरक्रिया गर्नुभएको थियो ।
यो सडक निर्माणपछि परियोजना अन्तरगत नगरका अन्य प्रमुख सडक निर्माणको काम समेत अघि बढ्ने बताइएको छ । नगरपालिकाले नगरका अन्य प्रमुख सडकहरुलाई समेत स्तरीय कालोपत्रे गर्न परियोजनामार्फत् विश्व बैंकसँग प्रस्ताव गरेको छ ।

≪ Previous Post

जेसिभीको ठक्करबाट नवलपरासीमा एक महिलाको निधन

Next Post ≫

रुपन्देहीको सुकुम्वासी समस्या समाधान गर्न सामुहिक प्रतिवद्धता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क