कपिलवस्तु, २१ माघ । कपिलवस्तुमा एक महिलाको शंकाष्पद हत्या (मृत्यु) भएको अभियोगमा प्रहरीले अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिएको छ ।
यहि माघ १९ गते जिल्लाको यशोधरा गाउँपालिका ८ सिहंखोर बस्ने बर्ष अन्दाजी २१ कि रहिसुन्निसा मुसलमानलाई झुन्डाई मारी २० गते मृतक लाशलाई गाडी सतगत गरेको भन्ने सूचनाको आधारमा कपिलवस्तु प्रहरीले उक्त घटनामा संलग्न रहेका भनिएका दुई जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले मृतकको श्रीमान बर्ष २२ को मोहम्मद नसिम अलि भाट मुसलमान र निजको बुवा बर्ष ५० को अब्बास अलि भाटा मुसलमानलाई माघ २० गते नियन्त्रणमा लिएको थियो ।
निजहरुसंग आबश्यक अनुसन्धान गर्दा मृतक महिला २ महिनाको गर्भवती भएको र मृत्यु शंकास्पद भएकोले जिल्ला अस्पताल तौलिहवा कपिलवस्तुका डा.जावेद अख्तर खान, सहायक जिल्ला सरकारी न्यायाधीवक्ता खडानन्द पोख्रेल र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीको कमाण्डमा खटिईएको टोलिले घटनास्थलबाट आज लाश उत्खनन गरी पोष्टमार्टमको लागि लुम्बिनी प्रदेशिक अस्पताल बुटवल पठाईएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार घटनाको अनुसन्धान भैरहेको छ ।