Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देही प्रहरीद्वारा ६ लाख बढिको अबैध सामान बरामद
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही प्रहरीद्वारा ६ लाख बढिको अबैध सामान बरामद

संसारपोस्ट संवाददाता · २० माघ २०७८ · 0
रुपन्देही प्रहरीद्वारा ६ लाख बढिको अबैध सामान बरामद
80
SHARES
ShareTweet

बुटवल, २० माघ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी कार्यालयले विभिन्न ठाउंबाट रु ६ लाख ७ हजार दुई सय रुपैयां बराबरको अबैध सामान बरामद गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी ईकाईहरुले विभिन्न मिति र समयमा आ–आफ्नो वडा एरियाहरुबाट उक्त मूल्य अनुसारको अबैध माल– सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले शुद्धोधन गाउँपालिका वडा न. २ खडवा वनगाई स्थित बाटोको साइटमा रोकी राखेको लु १ त ३३६५ न.को ट्याक्टरमा राखिएको रु.३ लाख २० हजार मुल्य बराबरको ३५ बोरा चिनी र ८ बोरा युरिया मल बरामद गरी ट्याक्टर समेत नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाउँपालिका –३ मुर्दयाघाट स्थित लु ६ प २०३६ नं.को मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा रु. १ लाख बराबरको गाडीका बिभिन्न किसिमको पार्टपुर्जा बरामद गरेको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ शिवगडियामा भारत बाट भन्सार छली अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको रु.५० हजार बराबरको सिमेन्टको जस्ता, चिनी, काजु, बदाम, छोडा र सुजि लगाएतका समान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा न.५ निर्वाणाचोकमा भारत बाट अवैध रुपमा ल्याउदै गरेको रु.१० हजार बराबरको १० थान टेन्ट कपडा बरामद गरेको छ ।
यसैगरी ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाउँपालिका वडा नं. ५ बरदहवा चोकमा रु. ४३ हजार २ सय बराबरको ४८ वटा जिउदो ब्रोईलर कुखुरा बरामद गरेको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका ६ लोखडियामा लु २ प ४९२७ नं.को मोटरसाईकलमा ल्याउदै गरेको रु.८४ हजार बराबरको ३८ पिस कुखुरा बरामद गरेको छ । प्रहरीले बरामद भएका अबैध सामान र सवारी साधन आबश्यक कारवाहीका लागि बेलहिया भन्सार कार्यालय चलान गरेको छ भने कुखुरा स्थानीय र प्रहरीको रोहवरमा खाडल खनी गाडिएको जनाएको छ ।

≪ Previous Post

सडक विस्तारको काममा ढिलाई नगर : बुटवल उद्योग वाणिज्य संघ

Next Post ≫

महिलाको हत्या अभियोगमा श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क