Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सडक विस्तारको काममा ढिलाई नगर : बुटवल उद्योग वाणिज्य संघ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सडक विस्तारको काममा ढिलाई नगर : बुटवल उद्योग वाणिज्य संघ

संसारपोस्ट संवाददाता · २० माघ २०७८ · 0
सडक विस्तारको काममा ढिलाई नगर : बुटवल उद्योग वाणिज्य संघ
100
SHARES
ShareTweet

बुटवल, २० माघ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बुटवलको राजमार्ग चौराहा–गोलपार्क व्यापारिक सडक विस्तारको काममा ढिलाई नगर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । बुटवल उद्योग बाणिज्य संघको टोलीले सडक विस्तारको काममा ढिलासुस्ती भएको भन्दै सडक डिभिजन कार्यालय बुटवललाई ध्यानाकर्षण गराएको हो ।
सडक डिभिजन कार्यालयमा डेलिगेशन गएको संघको टोलीले बुटवलको राजमार्ग चौराहा–गोलपार्क व्यापारिक सडक विस्तारको काममा ढिलाई हुँदा त्यस आसपासका व्यापार व्यवसाय प्रभावित भएको भन्दै सडक विस्तारको काममा गतिदिन आग्रह गरेको छ ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव बिमलराज भट्टराई, कार्यकारी निर्देशक मदनकुमार कार्की सहितको टोलीले सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीलाई भेटेर सडक विस्तारको काममा विलम्ब हुँदा सडक आसपासका व्यापार व्यवसायमा प्रत्यक्ष असर परेको भन्दै सडक विस्तारको कामलाई तिव्रगतिमा अगाडि बढाउन ठेकेदारलाई दवाव दिन सडक डिभिजन कार्यालयका प्रमुख लाई आग्रह गरेको हो ।
सडक विस्तारको जिम्मा पाएको ठेकेदार कम्पनीले सडक निर्माणको जिम्मा लिएको लामो समय बितिसकदा पनि जुन गतिमा काम गर्नुपर्ने त्यो नहुँदा एकातिर सडकको अवस्था नाजुक र अस्तव्यस्त भएको छ भने अर्कोतर्फ सडककै कारण व्यवसायीहरु प्रतयक्ष मारमा परेका छन् ।
लामो समय सडक अस्तव्यस्त हुँदा सवारी साधन सञ्चालन तथा पैदल यात्रुलाई समस्या भएको छ भने धुलो र हिलोको कारण अर्को समस्या थपिएकाले सडक विस्तारको काम छिटो सक्न संघले सडक कार्यालयको ध्यानाकर्षण गराएको संघका अध्यक्ष उज्ज्वल कसजुले बताउनु भयो ।
त्यस अवसरमा सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले ठेकेदार कम्पनीले विचमा काम रोकेका कारण आशातित प्रगति नदेखिएको बताउँदै अहिले भने कामको गति बढेको बताउनु भयो । समयमै काम सक्न र विचमा काम नरोक्न ठेकेदार कम्पनिलाई दवाव दिएको भन्दै प्रमुख मरासिनीले ठेकेदारको माग र आवश्यकता अनुसार कार्यालयले कामको भुक्तानी गरिरहेको बताउनु भयो । सडकमा रहेको हिलो र धुलोको समस्या समाधानको लागि अव छिटै सडक विचको भागमा पिचको काम अगाडी बढाउन लागिएको र गोलपार्क चिडियाखोला सडक विस्तारको लागि समेत टेण्डरको प्रकृया सुरु भएको उहांले जानकारी गराउनु भयो ।

≪ Previous Post

लुम्बिनी बौद्ध विश्वविद्यालयमा अमेरिकी प्राध्यापकलाई स्वागत

Next Post ≫

रुपन्देही प्रहरीद्वारा ६ लाख बढिको अबैध सामान बरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क