भैरहवा, २३ माघ । नेकपा (एकीकृत समाजवादी)को भातृ संगठन युवा संघ नेपालले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ मा २६ सदस्यीय वडा कमिटी गठन गरेको छ । जसको अध्यक्षमा बिक्रम जोशी, उपाध्यक्षमा सिकन्दर चुरिहार, सचिवमा पवनेस त्रिपाठी, कोषाध्यक्षमा सुरज सहानी, सह–सचिवमा झबिन्द्र तेली र निश्चल मानन्धर छन् ।
यस्तै, संगठनको सदस्यहरुमा सन्दिप अधिकारी, मुकदहर चुरिहार, तुलबहादुर आले, किरण आले, प्रवेश क्षेत्री, रोहित सिंह, सुभम कान्दु, अतुल कान्दु, अनिल थापा मगर, समसुद धुनियाँ, मेराज अलि, विजय थापा, गुल्टेनकुमार झा, अमृत पुन लगायत छन् ।
युवा संघ नेपालका नेता नितेश जानन्धरको अध्यक्षता तथा सचिव ज्ञानु खतिवडाको संचालनमा भएको कार्यक्रममा पार्टी सिद्धार्थनगर अध्यक्ष रामबहादुर बस्नेत, युवा संघ नेपाल केन्द्रिय सदस्य समिर खान, जिल्ला सदस्य अनुराग कसौधन, वडा नम्बर १३ का अध्यक्ष नितेश पुन, वडा नम्बर २ का अध्यक्ष भरत रानालगायतले नवगठित वडा समितिका पदाधिकारी र सदस्यहरुलाई बधाई ज्ञापन गर्नुभएको थियो ।
केन्द्रिय सदस्य खानले पार्टीलाई बलियो बनाउन संगठन विस्तारलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । नगर अध्यक्ष बस्नेतले पार्टीका बारेमा प्रकाश पार्दै युवाहरुलाई राजनीतिको मुख्य धारमा आउन आह्वान गर्नुभयो ।