Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ ७ थान भरुवा बन्दुक सहित ३ जना पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

७ थान भरुवा बन्दुक सहित ३ जना पक्राउ

संसारपोस्ट संवाददाता · १ फाल्गुन २०७८ · 0
७ थान भरुवा बन्दुक सहित ३ जना पक्राउ
80
SHARES
ShareTweet

कपिलवस्तु, १ फागुन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ७ थान भरुवा बन्दुक सहित ३ जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक दिनेश गुरुङको कमाण्डमा खटिएको प्रहरी टोलीले कपिलवस्तुको वांणगंगा नगरपालिका वडा नम्वर २ स्थित मनकामना सामुदायिक वनमा भरुवा बन्दुक लिई हिडिरहेको अवस्थामा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला अर्घाखाँची शितगंगा नगरपालिका वडा न.१४ बस्ने बर्ष ५० को विर बहादुर सोमै मगर र सोही ठाउं बस्ने बर्ष २८ को खिम बहादुर मगरलाई लोड गरिएको २ थान एक नाले भरुवा बन्दुक सहित हिजो पक्राउ गरेको हो । उनीहरुलाई हातहतियार मुद्दामा म्याद थप भई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले घरमा बन्दुक लुकाई छिपाई राखिएको छ भन्ने गोप्य सूचनाको आधारमा आज दिउँसो जिल्ला कपिलबस्तु वाणगंगा नगरपालिका वाड नं ९ चौवा बस्ने बर्ष ६० को रामसमुज थारुको घरबाट लोड गरिराखेको ५ थान भरुवा बन्दुक बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले थारुको घर संगै रहेको गोठमा खानतलासी गर्ने क्रममा गोठको छानो मुनि प्लास्टिकले छोपी राखेको अबस्थामा ५ थान भरुवा बन्दुक बरामद गरी थारुलाई समेत पक्राउ गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी गराउनु भयो ।

≪ Previous Post

जवर्जस्ती करणी मुद्धाको फरार प्रतिवादी पक्राउ

Next Post ≫

तिलोत्तमा मिडिया क्लवद्वारा ‘ज्ञानकाशी स्मृति’ पत्रकारिता पुरस्कार घोषणा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क