कपिलवस्तु, १ फागुन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ७ थान भरुवा बन्दुक सहित ३ जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक दिनेश गुरुङको कमाण्डमा खटिएको प्रहरी टोलीले कपिलवस्तुको वांणगंगा नगरपालिका वडा नम्वर २ स्थित मनकामना सामुदायिक वनमा भरुवा बन्दुक लिई हिडिरहेको अवस्थामा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला अर्घाखाँची शितगंगा नगरपालिका वडा न.१४ बस्ने बर्ष ५० को विर बहादुर सोमै मगर र सोही ठाउं बस्ने बर्ष २८ को खिम बहादुर मगरलाई लोड गरिएको २ थान एक नाले भरुवा बन्दुक सहित हिजो पक्राउ गरेको हो । उनीहरुलाई हातहतियार मुद्दामा म्याद थप भई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले घरमा बन्दुक लुकाई छिपाई राखिएको छ भन्ने गोप्य सूचनाको आधारमा आज दिउँसो जिल्ला कपिलबस्तु वाणगंगा नगरपालिका वाड नं ९ चौवा बस्ने बर्ष ६० को रामसमुज थारुको घरबाट लोड गरिराखेको ५ थान भरुवा बन्दुक बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले थारुको घर संगै रहेको गोठमा खानतलासी गर्ने क्रममा गोठको छानो मुनि प्लास्टिकले छोपी राखेको अबस्थामा ५ थान भरुवा बन्दुक बरामद गरी थारुलाई समेत पक्राउ गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी गराउनु भयो ।