तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सञ्चालित समुदायमा आधारित हरियाली प्रबर्धन एवं नियमित सरसफाई अभियानको १०० औं श्रृंखलाको अवसरमा सञ्चालित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् शुक्रबार विद्यार्थीहरुबीच वक्तृत्व र चित्रकला प्रतियोगिता भएका छन् । विद्यार्थीलाई अभियानको विषयमा जानकारी दिलाउने उद्देश्यले नगरपालिकाले विद्यालयस्तरीय प्रतियोगिता आयोजना गरेको हो । शान्ति नमूना माविको व्यवस्थापनमा भएको वक्तृत्वकला प्रतियोगितामा १८ विद्यालयले सहभागिता जनाएका थिए […]