Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही सुपरलिगः लुम्बिनी खुकुरीलाई ७ विकेटको सफलता
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

रुपन्देही सुपरलिगः लुम्बिनी खुकुरीलाई ७ विकेटको सफलता

संसारपोस्ट संवाददाता · २१ फाल्गुन २०७९ · 0
रुपन्देही सुपरलिगः लुम्बिनी खुकुरीलाई ७ विकेटको सफलता
70
SHARES
ShareTweet

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को शनिबारको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब विजयी भएको छ । लुम्बिनी खुकुरीले सैनामैना क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै जित निकालेको हो ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको सैनामैनाले निर्धारित ५० ओभरको खेलमा सबै विकेटको नोक्सानीमा जम्मा ८० रनको झिनो योगफल बनायो । लुम्बिनी खुकुरीका बलर चम्किँदा सैनामैनाका ब्याट्सम्यान निरीह बने । सैनामैनाका लागि विशन डुम्रे र सन्जु बोहराले समान १५–१५, विक्रम गौतमले १३ र बसन्त खड्काले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन समेत जोड्न सकेनन् ।

८.५ ओभर बलिङ गरेका लुम्बिनी खुकुरीका इकलाख अहमद वारिसले ५ मेर्डन राख्दै १३ रन खर्चेर ५ विकेट लिए । यस्तै, अजयकुमार चौहानले ३ तथा साहब आलम र सन्तोष यादवले १–१ विकेट लिए ।

प्रतिउत्तरमा लुम्बिनी खुकुरीले १५.३ ओभरमा ३ विकेटको नोक्सानीमा ८४ रन बनाउँदै जित निकाल्यो । उसको जितमा विराट भण्डारी र निश्चल चौधरीले नटआउट क्रमशः २७ र १८ रन जोडे । बलिङमा सैनामैनाका करण विकले ३ विकेट लिए । लुम्बिनी खुकुरीका इकलाख अहमद वारिस म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जनाए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।

≪ Previous Post

तिलोत्तमा नगरपालिका विद्यालय स्तरीय छात्र तथा छात्रा भलिबल प्रतियोगिता सुरु

Next Post ≫

बुटवल उद्योग वाणिज्य संघमा होली मिलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क