Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग वाणिज्य संघमा होली मिलन
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

बुटवल उद्योग वाणिज्य संघमा होली मिलन

संसारपोस्ट संवाददाता · २१ फाल्गुन २०७९ · 0
बुटवल उद्योग वाणिज्य संघमा होली मिलन
60
SHARES
ShareTweet

बुटवल । बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीमा हाेली मिलन कार्यक्रम गरिएकाे छ । सद्भाव र रङ्हरुकाे पर्व हाेलीकाे पूर्वशन्ध्यामा शनिबार संघकाे सचिवालयमा हाेली मिलन कार्यक्रम गरिएकाे हाे ।
त्यस अवसरमा बाेल्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले हाेलीकाे समयमा चाेरी चकारी तथा हाेलीकाे बहानामा उच्श्रंङ्खल तथा अपराधिक गतिबिधि पनि हुन सक्ने भन्दै त्यसतर्फ सतर्क रहन प्रहरी प्रशासन सहित सबैलाई आग्रह गर्नुभयाे ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विश्वव्यापी काेभिड, आर्थिक मन्दी र अस्थिर सरकारका कारण विकास निर्माणकाे काम प्रभावित भएकाे बताउनु भयाे । बुटवलमा सडककाे दुरवस्था छ । बजेट निकासा नहुँदा सडक निर्माणमा समस्या भएकाे बताउँदै अझै तत्काल नबन्ने संकेत देखिएकाे उहाँकाे भनाई छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले हाेलीमा उच्श्रंङ्खल गतिविधि र अपराधिक कृयाकलाप पनि जाेडिने गरेकाे बताउँदै त्यस विरुद्ध सुरक्षा व्यवस्था कडा पारिएकाे बताउनु भयाे ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बुटवलका कार्यालय प्रमुख ध्रुव पाेखरेल, संघका सल्लाहकार तथा पूर्वअध्यक्षहरु अर्जुनमान सैजू, नवराज श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठ, ससस्त्र पहरी वल माेतिपुरका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र पाैडेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पाेखरेल, पूर्वपदाधिकारी चाेपनारायण श्रेष्ठ लगायतले यहाकाे बर्तमान आर्थिक अवस्थाले व्यवसायी पलायन हुने अवस्था आएकाे गुनासाे गर्नु भएकाे थियाे ।
हिरण्यका सिपुका छाेरा प्रल्हादलाई बहिनी हाेलिकाले आगाे लगाउदा हाेलीका आफै जलेर भष्म भएकाे किंवदन्ती छ । यसै किंवदन्ती अनुसार असत्यमाथी सत्यकाे जीतकाे खुसीयालीमा हाेली पर्व मनाउँदै आएकाे छ ।

≪ Previous Post

रुपन्देही सुपरलिगः लुम्बिनी खुकुरीलाई ७ विकेटको सफलता

Next Post ≫

ओमसतियामा ११३ औ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क