Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ओमसतियामा ११३ औ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ओमसतियामा ११३ औ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

संसारपोस्ट संवाददाता · २२ फाल्गुन २०७९ · 0
ओमसतियामा ११३ औ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो
70
SHARES
ShareTweet

भैरहवा । लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक महिलाको पहुचमा  बिस्तार, भन्ने मुल नारा सहित ओमसतिया गाउँपालिकामा सोमबार ११३ औ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । दिवसको  अवसरमा महिलाका कानुनी अधिकार सम्बन्धि अन्तरकृया कार्यक्रम भएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले महिला अधिकार कार्यान्वयन गराउन आफ्नै घरदेखि  व्यवहार परिवर्तनमा जोड दिएका छन । संविधानले महिला अधिकार कानुनमै सुनिश्चित गरि दिए पनि महिला अधिकारको कुरा अझै कार्यान्वयनमा आउन नसकेको बताए ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्रीले हिजोको तुलनामा आजको अवस्थामा धेरै कुरामा परिवर्तन आएको बताए । उनले कानुनहरु कार्यान्वयन गर्ने चरणमा रहे पनि अहिले पनि धेरै काम गर्न बाकी रहेको उनले बताए । अहिले पनि महिलाहरू बोक्सी, बलात्कार, छाउपडी लगायतको समस्यामा रहेको बताउदै उनले यसको निराकरणमा महिला पुरुष उत्तिकै जिम्मेवार हुनुपर्ने जिकिर गरे । पराम्पराका नाममा महिला माथी अझै पनि धेरै हिङ्सा  भैरहेको र परिवर्तन तुरुन्तै नहुने भएकोले आवश्यकता अनुसार यसलाइ सुधार गर्दै लैजानु पर्ने उनले बताए ।
यस्तै गाउपालिका अध्यक्ष मन्जित कुमार यादवले गाउँपालिकामा महिला पुरुषमा कुनै प्रकारको विभेद हुन नदिने प्रतिवद्दता जनाय । उनले महिलालाई सशक्त रूपमा अघि बढ्न आह्वान गरे। महिला अघि नबढेसम्म देश विकास हुन नसक्ने भन्दै उनले घरबाहिरको भूमिकामा सक्रिय हुन आग्रह गरे।
यस्तै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले ८ मार्चमा पर्ने अन्तर्राष्ट्रिय महिला दिवसको बारेमा महिलालाई बुझाउन नसकिएको बताइन् । उनले सोचमा परिवर्तन नआएसम्म समतामूलक समाज बन्न नसक्ने बताइन् । उनले घरबाहिर ननिस्केका महिलालाई बाहिर ल्याउन सक्नु पनि परिवर्तन भएको बताइन् ।
कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष मदन प्रसाद पोख्रेल, पालिकाका शिक्षा शाखा प्रमुख हरि प्रसाद पोख्रेल, करुवानी मावि कि प्रधानाध्यापक रमा अर्याल, आगमन सहकारीकि सीता सुनार, पौरखी सहकारीकी पुनम चौधरी लगायतले बोलेका थिए । कार्यक्रमको सन्चालन महिला बालबालिका शाखाकी निर्मला पाण्डेले गरेकी थिइन ।

≪ Previous Post

बुटवल उद्योग वाणिज्य संघमा होली मिलन

Next Post ≫

अनुगमनबाट जोगिन धकधईका व्यवसायीले गरे सटर बन्द, अवैध भारतीय गुट्खा र सूर्तिजन्य पदार्थजफत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क