Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अनुगमनबाट जोगिन धकधईका व्यवसायीले गरे सटर बन्द, अवैध भारतीय गुट्खा र सूर्तिजन्य पदार्थजफत
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

अनुगमनबाट जोगिन धकधईका व्यवसायीले गरे सटर बन्द, अवैध भारतीय गुट्खा र सूर्तिजन्य पदार्थजफत

संसारपोस्ट संवाददाता · २२ फाल्गुन २०७९ · 0
अनुगमनबाट जोगिन धकधईका व्यवसायीले गरे सटर बन्द, अवैध भारतीय गुट्खा र सूर्तिजन्य पदार्थजफत
130
SHARES
ShareTweet

भैरहवा । अनुगमनबाट जोगिन रुपन्देहीको रोहिणी गाउँपालिका–३, धकधईका स्थानीयले सटर बन्द गरेर भागेका छन् । सोमबार बजार अनुगमन गर्न जिल्ला अनुगमन समिति धकधई बजार पुगेको थियो । समितिले केही पसलहरुमा अनुगमन सुरु गरेपछि व्यवसायीले पसल बन्द गरेर अनुगमन समितिलाई छलेका हुन् ।

धकधई बजारका ७ वटा पसलमा एकैपटक समितिले अनुगमन गरेको थियो । त्यसपछि अन्य ब्यवासयीले धमाधम सटर बन्द गरेको अनुगमन समिति संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए । ‘सटर बन्द गरेर अनुगमनलाई असहयोग गर्ने व्यवसायीलाई कानूनी दायरामा ल्याइने छ’, उनले भने, ‘केहीलाई फोन गरेर ३ दिनभित्र प्रशासनमा कागजपत्र लिएर हाजिर हुन् निर्देशन दिएका छौं, अन्यलाई फेरि अनुगमन गरेर गलत भेटिए कारबाही गर्छौं ।’

समितिले केही पसलहरुमा अनुगमन गरेको थाहा पाएपछि होलसेल मार्ट, किराना, खाद्यान्न, इलेक्ट्रिक, होटल तथा रेष्टुरेन्ट, मिठाई, पान लगायतका व्यवसायीले व्यवसाय बन्द गरेर भागेको अर्यालले जनाए । ‘हामीले पसल बन्द नगर्न आग्रह गरे पनि अटेरी गरेर धमाधम पसल बन्द गरेको पाइयो,’ उनले भने, ‘प्रक्रियागतरुपमा राम्रो ढंगबाट व्यवसाय गरेका कुनै पनि व्यवसायी अनुगमनबाट डराउनु पर्दैन । गलत गर्ने मात्रै यसरी भाग्छन् ।’ उनले राम्रो र प्रक्रिया पुर्याएर व्यवसाय गर्नेलाई राज्यले सधैं संरक्षण गर्ने र गलत गर्नेलाई नछाड्ने जनाए ।

समितिले भैरहवा–परासी सडकखण्डमा पर्ने ओमसतिया गाउँपालिका–४, बालापुर र बसन्तपुरका ४ वटा पसल तथा रोहणीको धकधई क्षेत्रका ७ वटा पसलहरुमा अनुगमन गरेको हो । अनुगमनका क्रममा भन्सार छली गरी अवैधरुपमा नेपाल भित्र्याइएका भारतीय सूर्ति र गुट्खाजन्य पदार्थ बरामद गरिएको छ । बरामद गरिएको गुट्खा तथा सूर्तिजन्य पदार्थ नष्ट गरिने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले जनाए । ‘हामीले बरामद गरेर ल्याएका सबै सूर्ति र गुट्खाजन्य पदार्थ प्रक्रिया पुर्याएर नष्ट गर्छौं’, उनले भने, ‘बजार अनुगमन नियमित भइरहेको छ । यसलाई अझै बढवा दिएर प्रभावकारी बनाउँदै लैजान्छौं ।’

सूर्ति तथा गुट्खाजन्य पदार्थ बाह्य मुलुकबाट आयात गर्दा खरिद गरेको मूल्यको ८० प्रतिशत भन्सार महशुल, १३ प्रतिशत मूल्य अभिबृद्धि कर, प्रतिकिलो ८ सय २१ रुपैयाँ अन्तशुल्क र ६० रुपैयाँ स्वास्थ्य जोखिम कर लाग्छ । यस्ता कर छली गर्न व्यवसायीले अवैध बाटोबाट गुट्खा तथा सूर्तिजन्य पदार्थ नेपाल भित्र्याइरहेका छन् । यसबारे जनगुनासो आएपछि समितिले अनुगमन गरी सूर्ति तथा गुट्खाजन्य पदार्थ जफत गरेको जनाएको छ । समितिका अनुसार दुई बोरा सूर्ति तथा गुट्खाजन्य पदार्थ जफत गरिएको छ । धेरै व्यवसायीले अनुगमनलाई असहयोग गरी व्यवसाय बन्द गरेकाले सबै अवैध सामान जफत गर्न कठिनाई भएको समितिको भनाई छ ।

लुम्बिनी प्रदेशेको उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक दामोदर भण्डारीले अनुगमनका क्रममा दर्ता तथा नविकरण विना सूर्तिजन्य पदार्थ विक्रीवितरण गरिरहेको र अवैध भातरीय गुट्खा विक्री गरेको पाइएको बताए । उनले अवैध सूर्तिजन्य पदार्थ जफत गरेर र व्यवसायीलाई सचेतसमेत गराइएको जनाए । ‘हामीले सामान जफतसँगै धेरै व्यवसायीलाई सचेत गराएका छौं’, उनले भने, ‘फेरि पनि त्यस क्षेत्रमा अनुगमन हुन्छ, यदि फेरि अवैध सामान भेटिए व्यवसायीलाई जरिवाना गरी कारबाही गर्छौं ।’ उनले अब निर्देशनालयले व्यवसायीलाई सचेतनाका कार्यक्रम संचालन गरेर सचेत समेत गराउने जनाए ।

समितिले अवैध सूर्ति तथा गुट्खाजन्य पदार्थ विक्री गर्दै आएका व्यवसायीलाई सचेत गराई दर्ता, नविकरण नभएका पसललाई तत्काल दर्ता नविकरण गर्न निर्देशन दिएको छ । साथै, सूर्ति तथा गुट्खाजन्य पदार्थ विक्री गर्ने अनुमति नलिइ विक्रीवितरणमा रोक समेत लगाएको छ । अहिले रुपन्देही लगायत नेपाली बजारमा अवैध बाटोबाट कमला पसन्द, शुद्ध पलस, रजनीगन्ध, बिमल नामका भारतीय गुट्खा भित्रिँदा कर छली दैनिक बढ्दो छ । यसलाई रोक्न अनुगमन समितिले अनुगमनलाई तिव्रता दिएको हो ।

≪ Previous Post

ओमसतियामा ११३ औ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

Next Post ≫

रूपन्देही सुपरलिगः तिरुपति क्रिकेट क्लब विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क