Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रूपन्देही सुपरलिगः तिरुपति क्रिकेट क्लब विजयी
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

रूपन्देही सुपरलिगः तिरुपति क्रिकेट क्लब विजयी

संसारपोस्ट संवाददाता · २२ फाल्गुन २०७९ · 0
रूपन्देही सुपरलिगः तिरुपति क्रिकेट क्लब विजयी
60
SHARES
ShareTweet

भैरहवा । तिरुपति क्रिकेट क्लब भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता  अन्तर्गत डिभिजन ‘ए’को सोमबारको खेलमा विजयी भएको छ । तिरुपतिले बुटवल–११ क्रिकेट क्लबलाई ८० रनले पराजित गर्दै जित निकाल्न सफल भएको हो ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको तिरुपतिले निर्धारित ५० ओभरमा खेलमा ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९५ रनको योगफल बनायो । उसका लागि वसिर अहम्मदले ५४, नन्दलाल चाईले ३३, विवेक यादव र तुलबहादुर थापाले २४–२४, आशुतोष उपाध्यायले १७ र संदीप मौर्यले ११ रनको योगदान दिए । बलिङमा बुटवल–११ का विभेष खातीले ४, हरिबहादुर चौहान र इशान पाण्डेले समान २–२ तथा एजाज अहम्मदले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुटवल–११ ३६.२ ओभरमा सबै विकेटको क्षतिमा १ सय २ रनमै रोकियो । उसलाई सस्तैमा रोक्न बलिङमा तिरुपतिका बीरेन्द्र मल्लाहले ४, वसिर अहम्मद र विवेक यादवले समान २–२ तथा तुलबहादुर थापा र संदीप मौर्यले १–१ विकेट लिए । बुटवल–११ का इशान पाण्डे र विभेष खातीले १९–१९, हरिबहादुर चौहानले ११ र अशोक पौडेलले १० रन बनाए । तिरुपतिका वसिर अहम्मद म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जनाए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।

≪ Previous Post

अनुगमनबाट जोगिन धकधईका व्यवसायीले गरे सटर बन्द, अवैध भारतीय गुट्खा र सूर्तिजन्य पदार्थजफत

Next Post ≫

नेपाल संग सहकार्य गर्न कोरिया तयार छ– लि साङ हन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क