Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ मुख्य समाचार ≫ नेपाल संग सहकार्य गर्न कोरिया तयार छ– लि साङ हन
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

नेपाल संग सहकार्य गर्न कोरिया तयार छ– लि साङ हन

संसारपोस्ट संवाददाता · २४ फाल्गुन २०७९ · 0
100
SHARES
ShareTweet

तिलोत्तमा । कोरियाका संघिय सांसद तथा कोरिया–नेपाल संसदिय समितिका अध्यक्ष लि साङ हनले  कोरिया सरकार नेपालसंग सधै सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले कोरिया नेपाल बीचको सम्बन्ध सुदृढ रहेको उल्लेख गर्दै कोरियाले नेपालसंग कृषि, उद्योग, पर्यटनको क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताए ।

मंगलबार तिलोत्तमा उद्योग बाणिज्य संघले आयोजना गरेको होली मिलन कार्यक्रममा बोल्दै हनले नेपालबाट बर्षेनी हजारौंको संख्यामा नेपालीहरु कोरिया गएर नेपाली सिपलाई प्रदर्शन गरेको समेत बताए । उनले तिलोत्तमा उद्योग बाणिज्य संघ र तिलोत्तमा नगरपालिका संग पनि सहकार्य गर्न ईच्छुक रहेको समेत सो अवसरमा बताए । नेपाल दुई विशाल राष्ट्रको बीचमा रहेकाले धेरै सम्भावना रहेको भन्दै सम्भावनालाई पहिल्याउँदै विकास गर्न सके नेपालले आर्थिक र पुर्बाधार विकासमा छिट्टै फड्र्को मार्ने उनको भनाई थियो । कोरिया देश पनि धेरै मेहनतले अहिले विश्वमा उत्कृष्ट भएको उल्लेख गर्दै नेपालको विकासका लागि आम नागरिक पनि उत्तिकै जिम्मेवारी हुनुपर्ने उनले बताए ।

होली मिलन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले  तिलोत्तमा नगरपालिकाले  कोरियाको स्थानिय नगरपालिका संग भगिनी सम्बन्ध स्थापित गर्न चाहेको बताय । उनले नगरपालिकासँग  सहकार्य गर्न कोरिया   तयार रहे आफुहरुको समेत साथ रहने बताए । उनले अहिले मौसमी कामदार कोरियामा गइरहेको भन्दै नेपालबाट गएका नेपालीहरु तोकेको काम र समयमा भन्दा बढि कोरियामा बस्दा केही समस्या उत्पन्न भएको समेत बताए । साथै उनले होली पर्वले  नेपालीहरु बीचमा एकता र भाईचाराको विकास गरेको बताए ।

संघका अध्यक्ष गुणानिधी भन्डारी  (माधव)ले होली नेपालीहरुको मौलिक पर्व रहेकोले यसलाई जगेर्ना  उद्देश्यले नै होली मिलन कार्यक्रमको आयोजना गरेको बताए । कार्यक्रममा संघका सल्लाहकार पशुपती घिमिरेले रंगको पर्व होलीले सवै नेपालीमा उमंग छर्ने विश्वास व्यक्त गरे । उनले होलीका नाममा हुन सक्ने विकृती रोक्न हामी सवै लाग्नुपर्ने समेत बताए । उद्योग उपाध्यक्ष सुरज पङ्गेनिले सबैलाइ स्वागत गर्दै रङ्गहरुको पर्व होलिले सबैमा हार्दिकता र भाइचाराको सम्बन्ध स्थापित गर्ने बिस्वास ब्यक्त गरे ।

कार्यक्रम संघका अध्यक्ष गुणानिधी भण्डारी (माधव)को अध्यक्षता तथा महासचिव राजकुमार पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

≪ Previous Post

रूपन्देही सुपरलिगः तिरुपति क्रिकेट क्लब विजयी

Next Post ≫

सैनामैनामा झारफुकको बाहनामा कुटपिट गर्दा १४ बर्षिया बालिकाको मृत्यु भएपछी झारफुकमा सङ्लग्न महिलालाइ पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क