Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सैनामैनामा झारफुकको बाहनामा कुटपिट गर्दा १४ बर्षिया बालिकाको मृत्यु भएपछी झारफुकमा सङ्लग्न महिलालाइ पक्राउ
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

सैनामैनामा झारफुकको बाहनामा कुटपिट गर्दा १४ बर्षिया बालिकाको मृत्यु भएपछी झारफुकमा सङ्लग्न महिलालाइ पक्राउ

संसारपोस्ट संवाददाता · २४ फाल्गुन २०७९ · 0
सैनामैनामा झारफुकको बाहनामा कुटपिट गर्दा १४ बर्षिया बालिकाको मृत्यु भएपछी झारफुकमा  सङ्लग्न महिलालाइ पक्राउ
150
SHARES
ShareTweet

सालझन्डी । ईलाका प्रहरी कार्यालय सालझण्डी, रुपन्देही झारफुकको बाहनामा कुटपिट गर्दा १४ बर्षिया बालिकाको मृत्यु भएपछी झार्फुकमा सङ्लग्न महिलालाइ पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसबुकमा  यहि फागुन  २१ गते एक महिलाले झारफुक गरी बिरामीलाई सन्चो बनाउछु भन्दै एक बालिकालाई भुईमा लडाई घोप्टो पारी बालिकाको शरिर माथि चढी  हातमा घण्टी बजाउदै गालामा थप्पड हान्ने, आईज, आ देखिस, कति खान्छस, मेरो पावर देखिस भन्दै हातमा रुद्राक्षको मालाले शरिरको बिभिन्न भागमा हान्ने, भुईमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटक पटक जगले नाक मुखमा पानी खन्याउने, कपालमा समाई टाउको बटारी दिने, कपालमा समाई अनुहारको भागमा थुक्ने, खरानी खुवाईदिने र लछारपछार पारी कुटपिट समेत गरेको भिडियो प्रकाशन भएको फेला परेको थियो ।
त्यसपश्चात तत्काल उक्त झारफुक गरी सन्चो गराउछु भन्ने महिला र पिडित बालिकाको सम्बन्धमा अनुसन्धान गरी बुझ्दै जाँदा उक्त झारफुक गरी सन्चो गराउछु भन्दै कुटपिट गर्ने महिला जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं १० बस्ने बर्ष २२ की माता भन्ने सोनिया रेश्मी र पिडित बालिका जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं १० बस्ने बर्ष १४ की सिता ज्ञवाली रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरिले जनायको छ ।
तत्पश्चात ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटियको प्रहरी टोलि घटनास्थलमा गई भिडियोको आधारमा अनुसन्धान गर्दा सामाजिक सञ्जालमा प्रकाशन भएको भिडियोमा बालिकालाइ कुटपिट गर्ने महिला सैनामैना  १० बस्ने ती महिलालाई उनकै घरठेगानामा फेला पारी  पक्राउ गरेको  हो ।
तत्पश्चात सोनिया रेश्मीको घरबाट बालिकालाई लछारपछार, कुटपिट गर्दा प्रयोग भएका बिभिन्न सामाग्री त्रिशुल, जग, रुद्राक्षको माला लगायतका चिजबस्तु बरामद गरिएको, मृतक सिता ज्ञवालीको घर परिवारसंग बुझ्दा बिगत ४/५ दिनदेखि सिता ज्ञवाली कान सम्बन्धी बिरामी भएकी, पटक पटक अस्पताल लगि चेकजाँच गरी औषधी सेवन गर्दा निको नभएको हुँदा माता भन्ने सोनिया रेश्मीले झारफुक गरी ठिक पार्छिन भन्ने थाहा पाई उनको घरमा लगेको कुरा अनुसन्धानबाट खुलेको छ ।
सोनिया रेश्मीले सिता ज्ञवालीलाई झारफुक गर्दै लछारपछार पारी भुईमा लडाई, कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा देखिएको र सोही कुटपिटका कारण सोही ठाउँमा नै मृत्यु भएकोमा मृतक सिता ज्ञवालीको मृतक लाशलाई रातीनै दाहसस्कारको लागि घरपरिवारले कपिलबस्तु जिल्लाको लक्ष्मणघाटमा  लगि दाहसस्कार  गरेको भनि मृतकको घरपरिवारबाट खुल्न आएको प्रहरिको भनाइ छ । प्रहरिका अनुसार  निज मृतक सिता ज्ञवालीलाई दाहसस्कारको लागि जादा र दाहसस्कार गरी फर्किदाको पुर्वपश्चिम महेन्द्रराजमार्गमा रहेका सिसिटिभिहरुको फुटेज समेत देखिएकोले सो समेतको आधारमा अनुसन्धान भैरहेको छ ।
थप अनुसन्धानको क्रममा घटना हुने दिन बिहान छोरी सिता ज्ञवालीलाई उपचारको लागि अटो रिक्सामा राखि सालझण्डी बजारमा रहेको स्थानिय मेडिकल लिएर आएको र उपचार पश्चात फिर्ता गएको भिडियो सिसिटिभि फुटेजमा समेत देखिएको छ। घटनामा प्रत्यक्ष संलग्न देखिएकोले समेत आवश्यक अनुसन्धानको लागि माता भन्ने सोनिया रेश्मीलाई ईलाका प्रहरी कार्यालय सालझण्डीमा राखी ज्यान सम्बन्धि कसुरमा ७ दिन म्याद थप भई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहिका प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी गराए ।

 

 

≪ Previous Post

नेपाल संग सहकार्य गर्न कोरिया तयार छ– लि साङ हन

Next Post ≫

तिलोत्तमाका टोल—टोलमा सरसफाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क