Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाका टोल—टोलमा सरसफाई
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

तिलोत्तमाका टोल—टोलमा सरसफाई

संसारपोस्ट संवाददाता · २६ फाल्गुन २०७९ · 0
तिलोत्तमाका टोल—टोलमा सरसफाई
30
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा शुक्रबार सरसफाई गरिएको छ । वडा कार्यालयहरुको आह्वानमा टोल विकास संस्थाहरुले सडक र सार्वजनिक स्थानमा सरसफाई गरेका हुन् । यसैक्रममा वडा नं. ८ का सबै टोलहरुमा पनि सरसफाई गरिएको छ । नगरमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित नगर सरसफाई अभियानको एक सयौं श्रृंखलाको अवसरमा सरसफाई गरिएको वडाध्यक्ष कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

तिलोत्तमाको वडा नं. ८ मा हाल ८ वटा टोल विकास संस्थाहरु क्रियाशील छन् । सरसफाई कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, अभियान संयोजक सुरेन्द्र श्री, करहिया—मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यज्ञ गैरे लगायतका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ—संस्थाका प्रतिनिधिहरुले समेत सहभागिता जनाएका थिए ।

चार नंबर चोकबाट सुरु भएको बुद्ध सर्किट सरसफाईमा सहभागी नगर प्रमुख रामकृष्ण खाणले सबै नगरबासीले सरसफाईलाई आफ्नो जीवन पद्धतिको रुपमा अघि बढाउँदा अभियान दीगो रुपमा अघि बढ्ने बताउँदै अभियानमा सहभागी बन्न सबै नगरबासीलाई आह्वान गर्नुभयो । यस्तै उपप्रमुख जागेश्वरी चौधरीले सरसफाई तिलोत्तमाबासीको पहिचान बनेको उल्लेख गर्दै सप्ताहव्यापी कार्यक्रमका साथैं नियमित सरसफाई अभियानलाई सबै मिलेर सफल बनाउनुपर्ने बताउनुभयो ।

वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले सरसफाईलाई सामाजिक विषय भएको बताउँदै सप्ताहव्यापी कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउँदै आफ्नो घर, आँगन, सडक, व्यवसायिक प्रतिष्ठान, कार्यालय, चोक, टोल, सार्वजनिक स्थानमा सघन सरसफाई गर्नु सम्पूर्ण नगरबासीमा अनुरोध गर्नुभयो । करहिया—मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यज्ञ गैरेले सरसफाई तिलोत्तमाको पहिचान बनेको बताउँदै यसलाई दीगो बनाउने तर्फ सबैको ध्यान केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।

तिलोत्तमा नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु आएसँगै नियमित सरसफाई अभियान सुरु भएको थियो । आगामी चैत्र १ गते एक सयौं श्रृंखलामा पुग्ने अभियान अन्तर्गत् हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगर स्तरीय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ । वडा कार्यालय र टोल विकास संस्थाहरु समेतले नियमित सरसफाई अभियान चलाउँदै आएका छन् ।

निरन्तर सरसफाई अभियान चलाएको तिलोत्तमाले आफूलाई मुलुककैं पहिलो पूर्णसरसफाई उन्मुख नगरपालिका बनाउन सफल भएको छ । नगरपालिकालाई वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनाउने गरी काम अघि बढाइएको छ ।

२०७१ सालमा साविकका सात वटा गाविस मिलेर बनेको तिलोत्तमा नयाँ नगरपालिका हो । सरसफाईबाट यो नगरपालिकाले राष्ट्रिय स्तरमा आफ्नो विशिष्ट पहिचान बनाएको छ । पालिका पहिलो खुला शून्य पोलोथिन नगरपालिका समेत बनिसकेको छ । ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमा महाअभियानको क्रममा हालसम्म दुई लाख भन्दा बढी वहुगुणी फलफूल तथा वनस्पतिका विरुवाहरु नगरपालिकामार्फत् रोपिएका छन् । नगरपालिकाले सिटी फ्लावरको रुपमा बेगनबेली निर्धारण गरेको छ भने जन्मदिनमा कम्तिमा एउटा विरुवा रोप्न नगरबासीलाई आह्वान गरेको छ ।

≪ Previous Post

सैनामैनामा झारफुकको बाहनामा कुटपिट गर्दा १४ बर्षिया बालिकाको मृत्यु भएपछी झारफुकमा सङ्लग्न महिलालाइ पक्राउ

Next Post ≫

रुपन्देही सुपरलिगः न्यु होराइजन विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क