Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ‘ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमा’ विषयमा वक्तृत्व र चित्रकला प्रतियोगिता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

‘ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमा’ विषयमा वक्तृत्व र चित्रकला प्रतियोगिता

संसारपोस्ट संवाददाता · २७ फाल्गुन २०७९ · 0
‘ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमा’ विषयमा वक्तृत्व र चित्रकला प्रतियोगिता
100
SHARES
ShareTweet

तिलोत्तमा ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सञ्चालित समुदायमा आधारित हरियाली प्रबर्धन  एवं नियमित सरसफाई अभियानको १०० औं श्रृंखलाको अवसरमा सञ्चालित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् शुक्रबार विद्यार्थीहरुबीच वक्तृत्व र चित्रकला प्रतियोगिता भएका छन् ।

विद्यार्थीलाई अभियानको विषयमा जानकारी दिलाउने उद्देश्यले नगरपालिकाले विद्यालयस्तरीय प्रतियोगिता आयोजना गरेको हो ।

शान्ति नमूना माविको व्यवस्थापनमा भएको वक्तृत्वकला प्रतियोगितामा १८ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा नवज्योती बोर्डिङ स्कूलका जविक पाठक प्रथम, शान्ति नमूना माविकी सर्वदा विश्वकर्मा द्धितीय, बुटवल पब्लिक बोर्डिङ स्कूलकी श्रीसा न्यौपाने तृतीय र दूर्गा वैदिक संस्कृत माविका विवेक गैरे सान्त्वना भएका छन् । उनीहरुले क्रमशः चार हजार पाँच सय, तीन हजार पाँच सय, दुई हजार पाँच सय, एक हजार पाँच सय सहित शिल्ड प्राप्त गरेको सप्ताहव्यापी कार्यक्रम कार्यान्वय समिति सदस्य खेमराज पाण्डेले जानकारी दिनुभयो ।

प्रतियोगितामा सह—प्राध्यापक टेकराज अर्याल, गोपिकृष्ण भण्डारी र कविता पन्थी निर्णायक  रहनुभएको थियो । शान्ति नमूना मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षता, नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपप्रमुख जागेश्वरी चौधरी, वडा नं. ५ का वडाध्यक्ष रमेश डुम्रे, कार्यपालिका सदस्य एवं कार्यान्वय समिति संयोजक सुरेन्द्र श्री, विद्यालयका प्रअ कुलप्रसाद लामिछानेलगायतले कार्यक्रमको बारेमा बोल्नुभएको थियो ।

यसैगरी चित्रकला प्रतियोगितामा सिद्धार्थ बोर्डिङ स्कूलकी अर्चिता बाँनिया प्रथम, शंकरनगर दूर्गादत्त माविकी मिष्मा राहाडी मगर द्धितीय तथा बुटवल पब्लिक स्कूलका रञ्जन खड्का र शान्ति नमूना माविका संरचना भण्डारीले तृतीय स्थान प्राप्त गरेको प्रतियोगिता संयोजक प्याब्सन तिलोत्तमाका अध्यक्ष के.एन. सागर ज्ञवालीले जानकारी दिनुभयो । उनीहरुले क्रमशः तीन हजार पाँच सय, दुई हजार पाँच सय र एक हजार पाँच सय नगद सहित शिल्ड प्राप्त गरेका छन् । वरिष्ठ आर्टिष्ट एच.बि. रम्तेल र मन गोल्डी निर्णायक रहेको प्रतियोगितामा २० विद्यालयले सहभागिता जनाएका थिए ।

≪ Previous Post

रुपन्देही सुपरलिगः न्यु होराइजन विजयी

Next Post ≫

 राममणि बहुमुखी क्याम्पसको ३५ औं वार्षिकोत्सवमा खेलकुद तथा अतिरिक्त क्रियाकलाप

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क