भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले प्रहरी कार्यालयको छाप सहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय अगाडी स्टेशनरी पसल गर्ने सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बस्ने ४५ वर्षिय भान बहादुर अधिकारीलाइ प्रहरीको छाप दुरुपयोग गरेको आरोपमा रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको हो । अधिकारीले प्रहरीको बदनाम हुने गरि बिभिन्न अनलाईन छापाहरुमा झुट्ठा विवरण […]