Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ तिलोत्तमा नगरपालिकाको निर्णयमा संयुक्त भु.पु सैनिक संघ वडा नं. २ को ऐक्यबद्धता, सचेतनामुलक कार्यक्रम
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा नगरपालिकाको निर्णयमा संयुक्त भु.पु सैनिक संघ वडा नं. २ को ऐक्यबद्धता, सचेतनामुलक कार्यक्रम

संसारपोस्ट संवाददाता · ३ बैशाख २०८० · 0
तिलोत्तमा नगरपालिकाको निर्णयमा संयुक्त भु.पु सैनिक संघ वडा नं. २ को ऐक्यबद्धता, सचेतनामुलक कार्यक्रम
140
SHARES
ShareTweet

बुटवल । तिलोत्तमा नगरपालिकाले सुरु गरेको नगर क्षेत्रमा हर्न निषेध र गुट्खाजन्य पदार्थको विक्री वितरणमा गरेको रोकावटलाई ऐक्यबद्धता जनाउँदै तिलोत्तमामा सचेतनामुलक कार्यक्रम गरिएको छ ।
संयुक्त भू.पू. सैनिक संघ तिलोत्तमा नगरपालिका वडा नं. २ को आयोजनामा नगरपालिकाको स्वघोषित कार्यक्रममा पुर्ण ऐक्यबद्धता रहेको भन्दै तिलोत्तमा वडा नं. २ को शान्ति चोक (शान्ति कुञ्ज)मा सचेतनामुलक कार्यक्रम गरेको हो ।
संयुक्त भू.पू. सैनिक संघ तिलोत्तमा नगरपालिका वडा नं. २ का अध्यक्ष डोर बहादुर खड्काले नगरपालिकाको योजनालाई सफल पार्न संघले सचेतनामुलक कार्यक्रम गरेको बताउंदै आगामी दिनमा पनि नगरका हरेक गतिविधिमा संघको संक्रियता अझ बढाउने बताए । उनले नगरपालिकाले गरेका हरेक निर्णय नगरबासीका लागि भएका कारण आफुहरुको उत्तरदायित्व अनुसार निर्णय कार्यान्वयनका लागि पनि सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको बताए ।
सचेतनामुलक कार्यक्रममा नगरपालिकाले घोषणा गरेको अभियान तथा निर्देशनका बारेमा जनचेतना र्याली गरिएको थियो। नगरमा हर्न निषेध,पशु दर्ता प्रणाली, गुट्खा जन्य पदार्थ बेचबिखनमा रोक, फोहोरको बर्गिकरण, वातावरणमैत्री स्थानीय शासन निर्माण अभियान, व्यक्तिगत घटना दर्ता सप्ताह लागयतका प्ले कार्ड र ब्यानर सहित सो वडाका सबै भूपू सैनिक, वडाका जनप्रतिनिधीहरू, टोल बिकास संस्था, आमा समूह, युवा क्लब, बाल समूह, बुद्धिजिवी, सरोकारवाला, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

फोहोरमैला व्यवस्थापन उपभोक्ता समिति, जागृति टोल विकास संस्था, मालिका टोल विकास संस्था, लक्ष्मी टोल विकास संस्था, मिलिजुली आमा समूह, नव चेतना महिला समूह, जागृति युवा क्लवलगाएतको सहभागिता रहेको थियो । र्याली औपचारिक कार्यक्रम पछि शान्तिकुञ्ज चोक हुँदै जानकी नगर गेट, सिताराइस मिल चोक, शंकरनगर चोक हुँदै वडा नं. २ को कार्यालय सम्म पुगेर कोणसभामा परिणत भएको थियो ।

उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले सम्बोधन गर्दै नगरको मानविय विकास र भौतिक विकासको गति तिब्र रहेको भन्दै यो अभियानमा नगरबासीको पूर्ण साथ हुनुपर्ने बताए । नगरबासीकै सहयोगले तिलोत्तमा नगरपालिकाले मुलुककै उत्कृष्ट नगरपालिका बनेको स्मरण गर्दै अब समुन्नत तिलोत्तमाको विकास आफुहरुको पहिलो प्राथमिकतामा रहेको बताए ।

सो अवसरमा तिलोत्तमा –२ का अध्यक्ष डिल बहादुर भट्टराईले वडाको समग्र बिकासमा सबै वडा बासीले नगरपालिकाको साझा अभियानलाई साथ् दिनुपर्ने बताए । उनले समाजको असल अभ्यासमा सबैको साथ् रहनुपर्ने भन्दै र्यालीमा सहभागी सबैलाई धन्यबाद दिएका थिए ।

कार्यक्रमको शुरुमा तिलोत्तमा –२ का सचिव अनिता शर्मा ज्ञवालीले घटना दर्ता जस्तो नागरिकको नैसर्गिक अधिकारको लागि समयमै घटना दर्ता गरि आफ्नो अधिकार प्राप्तिका लागि सजग हुनुपर्ने बताईन । समयमै घटना दर्ता गर्नाले पछि आउने झन्झट बाट मुक्त भइने भन्दै सचिव ज्ञवालीले सबै वडा बासीलाई घटना दर्ता संगै नगरपालिकाको सबै अभियानमा सहभागी हुन आग्रह गरिन् ।
कार्यक्रममा संयुक्त भूपू सैनिक संघ तिलोत्तमा–२ का अध्यक्ष डोर बहादुर खड्का, भूपू सैनिक तथा जागृति टोल बिकासका अध्यक्ष नर बहादुर कार्की, सरसफाई समिति तिलोत्तमा २ का अध्यक्ष इन्द्र मणि अर्याल, जागृति युवा क्लबका अध्यक्ष बिदुर केसी लगायतले बोल्दै वडाको समग्र बिकासका लागि सबै नागरिक एकबद्ध हुनुपर्ने र समाजका नकारात्मक कुरा हटाइ सकारात्मक बिकासका लागि पहल गर्नुपर्ने बिषयमा अगाडी बढ्नु पर्ने बताएका थिए ।

≪ Previous Post

भलाई कोष स्थापना दिवसमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

Next Post ≫

बुटवल ११ मा सेभेन ए साइट खुल्ला फुटबल प्रतियोगिता शुरू, ३५ टिमको सहभागिता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क