बुटवल । माउन्ट स्टार युथ क्लव बुटवलको आयोजनामा बुटवल ११ मा प्रथम सेभेन ए साइट खुल्ला फुटबल प्रतियोगिता शुरू भएको छ । नवलपरासी र रूपन्देहीका गरि ३५ टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा सेभेन स्टार युथ पदमपुर बिजयी भएको छ ।
सेभेन स्टार युथ पदमपुरले मगर ब्वाइज चरंगेलाइ पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । दोस्रो खेलमा सुनवल भेट्रान र गुडमर्निङ एफसि रातो बुटवल खेलेका थिए ।
कार्यक्रम संयोजक बिनोद गौतम क्षेत्रीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि ज्ञानपुञ्ज बोर्डिङ स्कुलका प्राचार्य तोयाराम पौडेलले खेल जीवनको अभिन्न अंग जस्तै रहेको बताए । उहाँले माउन्ट स्टार युथ क्लवले युवाहरुलाइ खेलमा प्रोत्साहन गरिरहेको बताउनुभयो । सो अवसरमा बरिष्ठ सल्लाहकार नकुल शाही, श्याम थापा लगायतले बोल्नुभएको थियो ।
९ गते सम्म चल्ने प्रतियोगितामा उपाधि बिजेताले नगद ५० हजार ,ट्रफि मेडल र प्रमाणपत्र तथा उपबिजेताले नगद २५ हजार, ट्रफि मेडल र प्रमाणपत्र पाउनेछन् । खेलमा बिधागत पुरस्कार सर्वोत्कृट, हाईयस्ट स्कोररलाइ नगद २ हजार ५ सय दिइने छ ।
