Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एनआईसी एशिया बैंकको लुम्बिनी शाखामा तालाबन्दी, समस्या समाधानका लागि सोमवार वार्ता
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एनआईसी एशिया बैंकको लुम्बिनी शाखामा तालाबन्दी, समस्या समाधानका लागि सोमवार वार्ता

संसारपोस्ट संवाददाता · ३ बैशाख २०८० · 0
एनआईसी एशिया बैंकको लुम्बिनी शाखामा तालाबन्दी, समस्या समाधानका लागि सोमवार वार्ता
110
SHARES
ShareTweet

भैरहवा । एनआईसी एशिया बैंक लुम्बिनी शाखामा व्यवसायी तथा सेवाग्राहीले आइतबार तालाबन्दी गरिदिएका छन् । उनीहरुले बैंकले ज्यादती गरेको भन्दै तालाबन्दी गरेका हुन् ।
भैरहवा स्थित होटल आकाश इन्टरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक उमाशंकर मिश्राले एनआईसी एशिया बैंकबाट आफु पीडित भएको गुनासो गरे । असोज मसान्तसम्म बैंकमा कुनै बाँकि वक्यौता नभए पनि त्यसपछि बैंकले १० लाख तिर्न आग्रह गरे अनुसार आफूले सो रकम तिरे पनि बै.कले फेरी ९ लाख तिर्न भनेर आग्रह गरेपछि आफु ९ लाख रुपैयाँ तिर्न तयार भए र रकम जुटाउनतर्फ लागेको उनले बताए ।
उनले भने–‘९ लाख रुपैयाँ जम्मा गरेपछि केही समयका लागि किस्ताको भाका सर्ने आशा लिएर घर फर्किएं । तर बैंकले पुनः फोन गरेर ९ लाखले पुग्दैन ३० लाख जम्मा गर्नुपर्छ नत्र लिलामी प्रक्रियामा जान्छौं भन्यो ।’ उक्त रकम तत्काल जम्मा गर्न नसक्ने बताउँदै आफुले बैंकसंग किस्ता तिर्ने भाका माग गरेको र बैंकले पनि कुनै मुद्दामा नजानुस्, हामी तपाईमाथि विश्वासघात गर्दैनौं भनेर बैंकले पटक पटक पैसा मागेर आफूलाई झुक्याएको मिश्राको आरोप छ ।
मिश्राको स्वामित्वमा रहेको होटल आकाशको भवन र पार्किङ रहेको करिब ४६ धुर तथा घर रहेको २० धुर जग्गा समयमा किस्ता नतिरेको भन्दै बैंकले लिलामी प्रक्रियामा लगेको उनले बताए । आर्थिक संकटका कारण आफूले बैंकको किस्ता तिर्न नसकेको र १० लाख बुझाएमा तत्कालका लागि लिलामी प्रक्रियामा नजाने र किस्ता तिर्न बैंकले केही समय उपलब्ध गराउने आश्वासन दिएर आफुलाई झुक्याएको मिश्राको भनाइ छ ।
चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन) का अध्यक्ष अनिल कुमार ज्ञवालीले बैंकले ब्यवसायी र सेवाग्राहीलाई ज्यादती गरेकाले त्यसका विरुद्ध बैंकमा तालाबन्दी गरिएको बताए । ‘बैंकले सेवाग्राहीको सम्पत्तिमाथि आँखा लगाउने गरेको छ । ८–९ प्रतिशत ब्याजदरमा ऋण दिने भनेर सम्झौता गर्ने पछि १८ प्रतिशतसम्म ब्याज लिन्छ ।’ उनले भने ।
स्थानीय ईशा खड्काले बैंक जिम्मेवारीबाट पन्छिन खोजेको बताउंदै बैंकको ज्यादती विरुद्ध सेवाग्राही अब चुप लागेर नबस्ने बताइन् ।
स्थानीय होटल व्यवसायी अकरामुद्दिन खानले बैंकले व्यवसायीको मनोबल गिराउने कार्य गरेको बताए । होटल व्यवसायी मेघनाथ आचार्यले एनआईसी एशिया बैंकले झुटको खेती गरेको बताए । उनले एउटा व्यक्तिले ऋण तिर्छु भन्दाभन्दै व्यवसायीलाई झुक्याएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए ।
विरोध तथा तालाबन्दी कार्यक्रममा चेम्बर अफ कमर्स, रुपन्देही उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, सचिव एवं प्रवक्ता लक्ष्मण भण्डारी, सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, विष्णु गौतम, रविन्द्र शर्मा घिमिरे, होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपाने, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य विरेन्द्र ज्ञवाली, लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्याल, अधिवक्ता प्रख्यात बन्जाडेलगायतको सहभागिता रहेको थियो ।
ब्यवसायी तथा सेवाग्राहीले बैंकमा तालाबन्दी गरेपछि बैंक प्रशासनले समस्या समाधानका लागि छलफल गर्न तयार रहेको भन्दै सोमबारका लागि समय दिएपछि करिव एक घण्टासम्म लगाइएको ताला खोलिएको छ ।
एनआईसी एशिया बैंक लुम्बिनी शाखा प्रबन्धक प्रविन रायमाझीले सोमबार छलफल गर्ने भनी सहमति भएको बताउंदै बैंक कानूनी प्रक्रियाअनुसार नै अघि बढेको जानकारी गराए ।
बैंकका लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्कीले बैंक नियमअनुसार नै अघि बढेको दावी गरे । आफू हाल काठमाण्डौंमा रहेकाले सोमबार रुपन्देही आएर छलफल गरी निष्कर्श निकाल्ने उनले बताए ।

≪ Previous Post

बुटवल ११ मा सेभेन ए साइट खुल्ला फुटबल प्रतियोगिता शुरू, ३५ टिमको सहभागिता

Next Post ≫

दुधको पैसा नतिरेको भन्दै बुटवलका कस्तुरी मिष्ठान र पाठक डेरीमा किसानको धर्ना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क