Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ दुधको पैसा नतिरेको भन्दै बुटवलका कस्तुरी मिष्ठान र पाठक डेरीमा किसानको धर्ना
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

दुधको पैसा नतिरेको भन्दै बुटवलका कस्तुरी मिष्ठान र पाठक डेरीमा किसानको धर्ना

संसारपोस्ट संवाददाता · ४ बैशाख २०८० · 0
दुधको पैसा नतिरेको भन्दै बुटवलका कस्तुरी मिष्ठान र पाठक डेरीमा किसानको धर्ना
120
SHARES
ShareTweet

बुटवल । दुध खरिद गरेर दुधको पैसा नतिरेको भन्दै बुटवलका दुई ब्यवसायिक संस्थाको प्राङ्गणमा दुग्ध सहकारीका किसानहरुले धर्ना दिएका छन् ।
रूपन्देहीको सैनामैना नगरपालिका साल्झण्डीस्थित सालझण्डी दूग्ध उत्पादक सहकारी संस्थाबाट दुध खरिद गरेर बुटवलको कस्तुरी मिष्ठान्न भण्डार र पाठक दुध डेरीले सहकारीको पैसा नतिरेको भन्दै यी दुई संस्थाको ब्यवसायिक भवन अगाडी किसानहरुले धर्ना दिएका हुन् ।
दुध खरिद गरेको रकम तिर्न पटक पटक ताकेता गर्दा पनि नतिरेपछि किसानहरु आएर दुबै पसलमा धर्ना दिएका हुन् ।

सालझण्डी दूग्ध उत्पादक सहकारी संस्थालाई दुध बेचेका किसानहरु पैसा असुलीका लागि सहकारीकै अगुवाइमा धर्ना दिन आएका हुन् । लामो समय सम्म दूधको पैसा नदिएपछि सहकारीले किसानलाई आन्दोलनमा उतारेको हो ।

सहकारी संस्थाका अध्यक्ष तिलकराम घिमिरेका अनुसार कस्तूरी मिष्ठान्न भन्डारले १३ लाख ७० हजार ४ सय र पाठक दुध डेरीले सहकारीलाई ११ लाख ६० हजार तिर्न बांकी छ । पटक पटक चेक दिने तर पैसा नभएको चेक दिएर किसानलाई झुक्काउंदै आएकाले अनिश्चितकालीन धर्नामा बस्नु परेको सहकारीका अध्यक्ष घिमिरेले बताए ।

धर्ना बस्न आएका एक किसानका अनुसार पाठक डेरीले जिल्ला डेरि उद्योग संघको रोहबरमा एक हप्तामा साटिने भाका राखेर १० लाखको चेक दिएको छ भने बाँकी पैसा भोली नगदै दिने सहमति गरेको छ । तर कस्तुरी मिस्ठान भण्डारले भने अझै पैसा दिने संकेत गरेको छैन उनले भने ।

≪ Previous Post

एनआईसी एशिया बैंकको लुम्बिनी शाखामा तालाबन्दी, समस्या समाधानका लागि सोमवार वार्ता

Next Post ≫

प्रहरी कार्यालय अगाडी प्रहरी छापको दुरुपयोग, पूर्व प्रहरी अधिकारी पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क