Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रहरी कार्यालय अगाडी प्रहरी छापको दुरुपयोग, पूर्व प्रहरी अधिकारी पक्राउ
आज विश्व वातावरण दिवस मनाईदै

आज विश्व वातावरण दिवस मनाईदै

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार · 1 hour ago
सुन चाँदीका गरगहना चोरी गर्ने सामानसहित पक्राउ

सुन चाँदीका गरगहना चोरी गर्ने...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा ५ जनाको मृत्यु

पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रहरी कार्यालय अगाडी प्रहरी छापको दुरुपयोग, पूर्व प्रहरी अधिकारी पक्राउ

संसारपोस्ट संवाददाता · ४ बैशाख २०८० · 0
प्रहरी कार्यालय अगाडी प्रहरी छापको दुरुपयोग, पूर्व प्रहरी अधिकारी पक्राउ
100
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले प्रहरी कार्यालयको छाप सहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय अगाडी स्टेशनरी पसल गर्ने सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बस्ने ४५ वर्षिय भान बहादुर अधिकारीलाइ प्रहरीको छाप दुरुपयोग गरेको आरोपमा रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको हो ।

अधिकारीले प्रहरीको बदनाम हुने गरि बिभिन्न अनलाईन छापाहरुमा झुट्ठा विवरण दिई प्रहरीको बदनाम गराउन खोजेको प्रहरीको आरोप रहेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालका अनुसार तीन महिना यता सामान्य प्रकृतिका निवेदनहरु प्रहरीको नागरिक कक्षबाटै निशुल्क रुपमा लेखिने ब्यवस्था गरिएको छ । यसैको रिसिवी साधेर अभियुक्त अधिकारीले प्रहरीको बदनाम गराएको अर्यालको भनाई छ ।
प्रवक्ता अर्यालका अनुसार अभियुक्त अधिकारी प्रहरी कार्यालय अगाडी बसेर लेखापढी समेत गर्दै आएका थिए । प्रहरीले आफै सेवाग्राहीको निवेदन निशुल्क लेखिदिन थाले पछि अधिकारीको रोजगारी खोसिएको थियो । यसैको रिसिवी साध्न पूर्व प्रहरी समेत रहेका अधिकारीले काठमाण्डौंका अनलाईनमा झुठा समाचार प्रकाशन गराएका थिए ।

काठमाण्डौबाट प्रकाशित विभिन्न सञ्चारमाध्यममा “प्रहरीमाथि अर्को गम्भीर आरोप, निवेदनको नाममा ५सय रुपैयाँ असुली” भन्ने शिर्षकमा ठाडो उजुरी शाखाबाट निवेदन लेखे वापत रु ५ सयका दरले प्रहरीले पैसा लिने गरेको भनि नाम समेत किटान गरी समाचार प्रकाशन भएको थियो ।

सञ्चार माध्यममा यसरी समाचार आए पछि प्रहरीले सो समाचार बारे अनुसन्धान सुरु गरेको थियो । उल्लेखित सेवाग्राहीहरुलाई बुझ्दा आफुहरुले त्यस्तो कुनै प्रकारको रकम नदिएको बताए पछि थप अनुसन्धानमा अभियुक्त अधिकारीको संलग्नता देखिएको प्रहरी नायव उपरीक्षक अर्यालको भनाई छ ।
अभियुक्त अधिकारीको पसलमा छापा मार्दा प्रहरीले जिल्ला प्रहरी कार्यालयको छाप फेला पारेको छ । प्रहरी प्रवक्ता अर्यालका अनुसार सरकारी अभियु्क्त अधिकारीले प्रहरी अधिकृतहरुको नक्कली हस्ताक्षर गरि प्रहरीको पत्र आफै तयार गर्ने गरेका थिए । अधिकारीले के कति कागजात तयार गरेका छन् यस बारेमा अनुसन्धान भैरहेको र उनलाई प्रहरीले सरकारी छाप किर्ते सम्बन्धि मुद्दामा अदालतमा पेश गरेको प्रवक्ता अर्यालको भनाई छ । रुपन्देही जिल्ला अदालतले थप अनुसन्धानको लागि प्रहरीलाई ७ दिनको म्याद दिएको छ ।

अनुसन्धानको क्रममा प्रहरीले जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१२ स्थित जिल्ला प्रहरी कार्यालय रुपन्देहीको गेट अगाडी रहेको स्टेसनरी बाट डेल कम्पनिको ल्यापटप थान १, जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सरकारी छाप थान १ र स्टेसनरी संचालक जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.८ बस्ने बर्ष ४५ भान बहादुर अधिकारी नियन्त्रणमा लिएको छ ।

≪ Previous Post

दुधको पैसा नतिरेको भन्दै बुटवलका कस्तुरी मिष्ठान र पाठक डेरीमा किसानको धर्ना

Next Post ≫

लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले बैशाख ११ गते विश्वासको मत लिने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क