दाङ । दाङमा आज बिहान भएको बस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा बिहान एक आपसमा ठोक्किएर सो दुर्घटना भएको हो । […]