Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ पुर्व मन्त्री रायमाझीका छोरा सन्दीपलाई काठमाडौं लगियो, अनुसन्धानका लागि अदालतबाट म्याद लिइदै
आज विश्व वातावरण दिवस मनाईदै

आज विश्व वातावरण दिवस मनाईदै

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार · 1 hour ago
सुन चाँदीका गरगहना चोरी गर्ने सामानसहित पक्राउ

सुन चाँदीका गरगहना चोरी गर्ने...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा ५ जनाको मृत्यु

पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पुर्व मन्त्री रायमाझीका छोरा सन्दीपलाई काठमाडौं लगियो, अनुसन्धानका लागि अदालतबाट म्याद लिइदै

संसारपोस्ट संवाददाता · २१ बैशाख २०८० · 0
पुर्व मन्त्री रायमाझीका छोरा सन्दीपलाई काठमाडौं लगियो, अनुसन्धानका लागि अदालतबाट म्याद लिइदै
120
SHARES
ShareTweet

काठमाडौं । रुपन्देहीवाट पक्राउ परेका पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई प्रहरीले काठमाडौं लगेको छ । काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानवहादुर कार्कीका अनुसार सन्दीपलाई आज विहान काठमाडौं लगिएको हो ।
एसएसपी कार्कीका अनुसार काठमाडौं ल्याईएका उनलाई जिल्ला अदालत, काठमाडौंमा पेश गरेर अनुसन्धानका लागि म्याद लिइनेछ । सन्दीप माथी नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान ८७५ युवासंग रकम उठाउने गिरोहका सदस्य भएको आरोप छ ।

नेकपा एमालेका सचिव रहेका एवम् अर्घाखाँची क्षेत्र नम्बर १ बाट निर्वाचित सांसदसमेत रहेका टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई बुधबार राति जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको थियो । जिल्ला अदालतले बुधबार टोपबहादुर र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पूर्वगृहसचिव सचिव टेकनारायण पाण्डे र मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । गिरोहका नाइके भनिएकाहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल यस अघि नै पक्राउ परिसकेका छन् ।
पक्राउ परेकाहरुले दिएको बयानका आधारमा प्रहरीले तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।

≪ Previous Post

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

Next Post ≫

एमाले सचिव एवम् पुर्व मन्त्री रायमाझी सम्पर्क बिहिन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क