Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्रहरी आम नागरिक र समाजप्रति बढी जिम्मेवार : प्रहरी महानिरीक्षक कुँवर
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रहरी आम नागरिक र समाजप्रति बढी जिम्मेवार : प्रहरी महानिरीक्षक कुँवर

संसारपोस्ट संवाददाता · २१ बैशाख २०८० · 0
प्रहरी आम नागरिक र समाजप्रति बढी जिम्मेवार : प्रहरी महानिरीक्षक कुँवर
110
SHARES
ShareTweet

बुटवल । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी आम नागरिक र समाजप्रति बढी जिम्मेवार भएको बताएका छन् ।
ईलाका प्रहरी कार्यालय बुटवल परिसरमा नवनिर्मित प्रशासनिक भवनको बिहीबार उद्घाटन गर्दै महानिरीक्षक (आईजिपी) कुँवरले नागरिकको विश्वास जित्नेगरी काम गर्नुपर्ने भन्दै आफुले सोही अनुसार काम गरिरहेको बताए । उनले निजी स्वार्थभन्दा माथि उठेर संस्थागत हितमा काम गर्न मातहत निकायलाई निर्देशन समेत दिएका छन् ।

निस्वार्थ गरिने सेवाले मात्र नागरिकलाई शान्ति सुरक्षाको अनुभुति हुने बताउँदै महानिरीक्षक कुँवरले शान्ति सुरक्षाको सवालमा कुनै कसर बाँकी नराख्ने बताए । समाजमा हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्नेदेखि कानूनी कारवाहीमा ल्याउनसम्म प्रहरी अति नै संवेदनशील भएको र नागरिकलाई न्यायको प्रत्याभुति हुने तरिकाले कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रशासनिक कामका लागि नेपाल प्रहरीले करिब ४ सय वटा भवन भाडामा लिएर सेवा सञ्चालन गरिरहेको जानकारी गराउँदै महानिरीक्षक कुवँरले नागरिकको सेवालाई सहज र गुणस्तर बनाउन बुटवलमा नवनिर्मित भवनलाई विधिवत् सुचारु गरिएको उल्लेख गरे । उच्च मनोबल र सकारात्मक सोँचले मात्र नागरिकमैत्री सेवा दिन सकिने भन्दै महानिरीक्षक कुँवरले कुशल कार्यशैलीले मात्र प्रहरीप्रतिको जनविश्वास बढ्दै जाने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले आम नागरिकको सुरक्षाको अभिन्न अंग प्रहरी भएको बताए । प्रमुख पाण्डेले बिना वर्दीका नागरिक पनि प्रहरी भएका कारण समाजमा हुने विकृति, विसंगतिको विरुद्धमा नेपाल प्रहरीसँग हातेमालो गर्नुपर्ने आवश्यक्ता औँल्याए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले आन्तरिक सुरक्षा बलियो बनाउने खम्बा नेपाल प्रहरी भएको बताए । आम जनतासँग प्रत्यक्ष सरोकार गर्ने निकाय नै प्रहरी भएका कारण शान्ति, सुरक्षा दिने सन्र्दभमा नागरिकमैत्री हुन जरुरी रहेको बताउँदै रुपन्देहीको शान्ति सुरक्षा सन्तोषजनक रहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर वि.क.को स्वागत, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीको धन्यवाद ज्ञापन तथा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दान बहादुर थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

≪ Previous Post

नवनियुक्त तीन मन्त्री गुरुङ, बस्नेत र लिम्वुको सपथ आज

Next Post ≫

अवैध इन्धनको कारोवारलाई निरुत्साहित गर्न नाकामा कडाई गर्न ब्यवसायीको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क