Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ट्रेड युनियन काँग्रेस रुपन्देहीकाे अधिवेशन : कमजाेर अर्थतन्त्रकाे मारमा मजदुर
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ट्रेड युनियन काँग्रेस रुपन्देहीकाे अधिवेशन : कमजाेर अर्थतन्त्रकाे मारमा मजदुर

संसारपोस्ट संवाददाता · २२ बैशाख २०८० · 0
ट्रेड युनियन काँग्रेस रुपन्देहीकाे अधिवेशन : कमजाेर अर्थतन्त्रकाे मारमा मजदुर
100
SHARES
ShareTweet

बुटवल । मुलुककाे कमजाेर अर्थतन्त्रकाे मारमा मजदुर परेकाे मजदुर नेताहरुले बताएका छन ।

कमजाेर अर्थतन्त्रका कारण अनाैपचारिक क्षेत्रका मजदुर मात्रै नभएर ओैपचारिक तथा सरकारी सेवामा रहेकाहरुकाे समेत तलव तथा पेन्सन राेकिन थालेकाे उनीहरुको भनाइ छ ।

नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीकाे शुक्रबार बुटवलमा आयाेजित साताैं जिल्ला अधिवेशनकाे उदघाटन  कार्यक्रममा बाेल्ने वक्ताहरुले खस्किदाे अर्थतन्त्रलाई बचाउन र मजदुरहरुकाे राेजीराेटी नियमित गर्न समेत माग गरे । पेशागत हकहितका लागि मजदुर एकतामा उनीहरुले जाेड दिए ।
कार्यक्रममा बाेल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति एबम तिलाेत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले मजदुर मालिक बिचकाे मतान्तर विस्तारै खुकुलाे हुँदै गएकाे बताउनु भयाे । उहाँले अझै पनि मजदुरका धेरै समस्या रहेकाे बताउदै समस्या समाधानका लागि मजदुर एकतामा जाेड दिनु भयाे । मजदुरकाे समस्या समाधानका लागि नेपाली काँग्रेस ट्रेड युनियनसंग सहकार्य गर्न तयार रहेकाे उहाको भनाई छ ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले असंगठित क्षेत्रका मजदुरका समस्या समाधानका लागि पनि ट्रेड युनियन आन्दाेलनले भूमिका खेल्नुपर्ने भनाई राख्नुभयाे । त्यसकाे लागि आफ्नाे ठाउबाट सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष सोमनाथ गिरीले मजदुरहरुकाे पेशागत समस्याकाे लागि आफूहरुकाे एकतामा जाेड दिनु भयाे ।
त्यस्तै नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका निवर्तमान अध्यक्ष काँग्रेस नेता काजिमान श्रेष्ठले ओैपचारिक क्षेत्रमा भन्दा अनाैपचारिक क्षेत्रमा रहेका मजदुरकाे समस्या धेरै रहेकाे बताउदै उनीहरुका समस्या समाधानमा प्राथमिकता दिनुपर्ने भनाई राख्नु भयाे ।
नेपाल ट्रेड युनियन रुपन्देहीका कार्यवाहक अध्यक्ष ओमप्रकाश चाैधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेश उपाध्यक्ष कृष्ण वेलवासे, व्यूटिसियन संघकी शान्ति शर्मा, राजकुमार वाग्ले, रुपकुमार रायमाझी, विष्णुमाया राना, सफातुल्ला रजा, हिमबहादुर केसी लगायतले भनाई राख्नु भएकाे थियाे ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीमा २० वटा आवद्ध संस्थामा १ हजार ३ सय बढी सदस्य छन् । जसबाट याे अधिवेशनमा ३ सय जना प्रतिनिधि सहभागी भएकाे ट्रेड युनियन काँग्रेस रुपन्देहीले जनाएकाे छ ।

≪ Previous Post

अवैध इन्धनको कारोवारलाई निरुत्साहित गर्न नाकामा कडाई गर्न ब्यवसायीको माग

Next Post ≫

बुटवलमा रोजगार मेला हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क