Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा रोजगार मेला हुने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा रोजगार मेला हुने

संसारपोस्ट संवाददाता · ५ जेष्ठ २०८० · 0
बुटवलमा रोजगार मेला हुने
40
SHARES
ShareTweet

बुटवल । यहि जेठ ९ र १० गते बुटवलमा जव फेयर (रोजगार मेला) हुने भएको छ ।
उद्योग प्रतिष्ठानको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन तथा आपूर्ति गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा रोजगार मेला गर्न लागिएको हो ।
महिला, अनौपचारिक अर्थतन्त्रमा कामदार र रोजगारीका लागि फर्किएका आप्रवासीहरुको सीप अभिबृद्धि परियोजना अन्तरगत स्वदेशमै कामको खोजीमा रहेका तथा बैदेशिक रोजगारबाट फिर्ता भएका युवाहरु एवं रोजगारदाताहरुका विच सम्पर्क स्थापित गरी रोजगारी प्रबद्र्धन गर्ने उद्देश्यले रोजगारदाताहरु समेतको सहभागितामा मेला सञ्चालन गरिने नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजुले जानकारी गराए ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आई.एल.ओ.)को सहयोगमा हुने दुई दिने रोजगार मेलामा ३० बढी उद्योग प्रतिष्ठानको सहभागिता हुने बुटवल उद्योग वाणिज्य संघका कार्यक्रम अधिकृत मेलाका फोकल प्रसन केशव ढकालले जानकारी गराए ।
स्थानीय उद्योग व्यवसायको लागि आवश्यक दक्ष श्रमिकको आपूर्तिका साथै उपयुक्त सीपयुक्त जनशक्ति प्राप्तिमा मेला सहयोगी हुने र रोजगार योग्य जनशक्तिलाई सीप अनुसारको रोजगार प्राप्तगर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

≪ Previous Post

ट्रेड युनियन काँग्रेस रुपन्देहीकाे अधिवेशन : कमजाेर अर्थतन्त्रकाे मारमा मजदुर

Next Post ≫

ओमसतियाले शुरु गर्यो ब्यवसायीक पसलहरुको अनुगमन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क