बुटवल । यहि जेठ ९ र १० गते बुटवलमा जव फेयर (रोजगार मेला) हुने भएको छ ।
उद्योग प्रतिष्ठानको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन तथा आपूर्ति गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा रोजगार मेला गर्न लागिएको हो ।
महिला, अनौपचारिक अर्थतन्त्रमा कामदार र रोजगारीका लागि फर्किएका आप्रवासीहरुको सीप अभिबृद्धि परियोजना अन्तरगत स्वदेशमै कामको खोजीमा रहेका तथा बैदेशिक रोजगारबाट फिर्ता भएका युवाहरु एवं रोजगारदाताहरुका विच सम्पर्क स्थापित गरी रोजगारी प्रबद्र्धन गर्ने उद्देश्यले रोजगारदाताहरु समेतको सहभागितामा मेला सञ्चालन गरिने नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजुले जानकारी गराए ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आई.एल.ओ.)को सहयोगमा हुने दुई दिने रोजगार मेलामा ३० बढी उद्योग प्रतिष्ठानको सहभागिता हुने बुटवल उद्योग वाणिज्य संघका कार्यक्रम अधिकृत मेलाका फोकल प्रसन केशव ढकालले जानकारी गराए ।
स्थानीय उद्योग व्यवसायको लागि आवश्यक दक्ष श्रमिकको आपूर्तिका साथै उपयुक्त सीपयुक्त जनशक्ति प्राप्तिमा मेला सहयोगी हुने र रोजगार योग्य जनशक्तिलाई सीप अनुसारको रोजगार प्राप्तगर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
