बुटवल २६ फागुन रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सोमबार बजार अनुगमन गरिएको छ । नगर प्रमुख बासुदेव घिमिरेको नेतृत्वमा उपप्रमुख जागेश्वरी चौधरी, बजार अनुगमन समितिका पदाधिकारी, प्रहरी, सरोकारवाला संघ संस्थाका प्रतिनिधि तथा विषयगत शाखाका कर्मचारीहरुको सहभागितामा बजार अनुगमन गरिएको हो । कोरोना भाइसरको कारण बजारमा देखिन सक्ने समस्या समेतलाई मध्यनजर गरी बजार अनुगमन गरिएको नगरपालिकाको भनाइ छ […]
स्वास्थ्य/शिक्षा
बुटवल,२६ फागुन रुपन्देहीको बुटवलमा १ सय दशौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा निःशुलक स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विशेष गरेर महिला, बालबालिका र वृद्ववृद्वाहरुको लागि निःशुल्क दत्त परिक्षण शिविर सञ्चालन गरिएको हो । बुटवलमा सञ्चालित लर्ड बुद्ध डेण्टल क्लिनिकले महिला दिवसको अवसरमा आइतबार र सोमावार गरी दुइ दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो […]
बुटवल, २६ फागुन लायनेश क्लव अफ बुटवलले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा उपचाररत दुई जना महिलालाई आर्थिक सहायता प्रदान गरेको छ । क्लवमा स्थापित स्व. ज्ञानुदेवी अक्षयकोषबाट अस्पतालमा उपचाररत गैडहवा ७ रुपन्देहीकी २५ वर्षीय प्रतिमा थारु र शुद्धोधन ५ कपिलबस्तुकी २० वर्षीय जैनक खातुनलाई जनही ७ हजार ५ […]
बुटवल, २६ फागुन । लायन्स क्लव अफ बुटवल युथले नारी दिवसको अवसरमा पाँच जना महिला चालकलाई सम्मान गरेको छ । सामाजिक काममा सक्रिय क्लवले आईतबार बुटवलको ट्राफिकचोकमा एक कार्यक्रम गरि उनीहरुलाई सम्मान गरेको हो । क्लवले साधन चलाउन सुरु गरेदेखि हालसम्म एउटा पनि दुर्घटना नगराएको अनुशासित चाकललाई सम्मान गरिएको क्वलका अध्यक्ष दिपकप्रसाद श्रेष्ठले बताउनु भयो […]
बुटवल २५ फागुन प्रदेश पाँचका मुख्य मन्त्री शंकर पोखरेलले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा समस्त महिला दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ । मुख्यमन्त्रीद्धारा जारी गर्नु भएको शुभकामना सन्देशको पुर्णपाठ आज मार्च ८ अर्थात अन्तराष्ट्रिय महिला दिवस । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा समस्त महिला दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र […]
बुटवल, २३ फागुन बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले कोरोना भाईरस संक्रमणको जोखिमबाट बँच्नका लागि सचेत हुन आम नागरिकलाई आह्वान गरेको छ । संघले शुक्रबार एक बिज्ञप्ती जारी गरेर विश्वव्यापी रुपमा बढ्दै गएको कोरोनाको संक्रमण हुन नदिन सरकारका तर्फबाट पनि सजगता अपनाउन आग्रह गरेको हो । संघका अध्यक्ष खिमबहादुर हमालद्वारा हस्ताक्षरित विज्ञप्तीमा कोरोना भाईरसको जोखिम कम […]
बुटवल २३ फागुन बुटवलको सुख्खानगरमा संचालित दीप बोर्डिङ हाई स्कूलले महिला कृषकहरूलाई सम्मान गरेको छ । राष्ट्रको समृद्धिका लागि कृषिको उत्थान, कृषि प्रधान देशमा कृषकको सम्मान मूल नाराका साथ सम्पन्न कार्यक्रममा रुपन्देहीको शुद्धोधन गाउँपालिका फर्साटिकर मानपकडी क्षेत्रमा कृषिकर्म गरी आफूले उत्पादन गरेको कृषिबाली बुटवलका विभिन्न स्थानमा बिक्री वितरण गर्ने ४१ जना महिलाहरूलाई सम्मान गरिएको हो […]
बुटवल २३ फागुन रुपन्देहीको तिलोत्तमामा खाद्य मेला सुरु भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको मुख्य आयोजना र तिलोत्तमा नगरपालिकाको सहआयोजनामा तिलोत्तमाको कोटिहवास्थित पशुपति माविको प्रांगणमा शुक्रवारदेखि खाद्य मेला सुरु भएको हो । आम उपभोक्तामा खानी बानीको सुधार तथा परम्परागत खानाको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित मेलाको पुर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) […]
बुटवल २३ फागुन रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम सुरु गरेको छ । गर्भवती आमा र शिशुको स्वास्थ्यलाई प्रवद्र्धन गर्न यो कार्यक्रम सुरु गरिएको नगर उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिनुभयो । कार्यक्रमले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पु¥याउनुपर्ने कुराको बारे चेतना फैलाउने नगरपालिकाले जनाएको छ । शुक्रबार वडा नं. १७ को गंगोलिया स्वास्थ्य […]
बुटवल २२ फागुन रुपन्देहीको सुद्धोधनमा शुक्रबारदेखि दोस्रो एमएल सप्लायर्स खुल्ला भलिवल प्रतियोगिता हुने भएको छ । एमएल पोखरेली ढुंगा सप्लायर्सको आयोजनामा सुद्धोधन गाउँपालिका वडा नं. ४ फर्साटिकरमा हुने प्रतियोगितामा १८ टिमले प्रतिस्पर्धा गर्ने बिहिबार आयोजित पत्रकार सम्मेलनमा सप्लायर्सका अध्यक्ष मिलन निउरेले जानकारी गराउनु भयो । सप्लायर्सले सामाजिक उत्तरदायित्व बहन गरि खेलकुदको बिकास र प्रवद्र्धनकालागि प्रतियोगिता […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]