Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ रुपन्देहीको फर्साटिकरमा दोस्रो खुला भलिवल प्रतियोगिता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको फर्साटिकरमा दोस्रो खुला भलिवल प्रतियोगिता

संसारपोस्ट संवाददाता · २२ फाल्गुन २०७६ · 0
रुपन्देहीको फर्साटिकरमा दोस्रो खुला भलिवल प्रतियोगिता
60
SHARES
ShareTweet

बुटवल २२ फागुन
रुपन्देहीको सुद्धोधनमा शुक्रबारदेखि दोस्रो एमएल सप्लायर्स खुल्ला भलिवल प्रतियोगिता हुने भएको छ । एमएल पोखरेली ढुंगा सप्लायर्सको आयोजनामा सुद्धोधन गाउँपालिका वडा नं. ४ फर्साटिकरमा हुने प्रतियोगितामा १८ टिमले प्रतिस्पर्धा गर्ने बिहिबार आयोजित पत्रकार सम्मेलनमा सप्लायर्सका अध्यक्ष मिलन निउरेले जानकारी गराउनु भयो ।
सप्लायर्सले सामाजिक उत्तरदायित्व बहन गरि खेलकुदको बिकास र प्रवद्र्धनकालागि प्रतियोगिता सञ्चालन गर्दै आएको र यसलाई निरन्तरता दिने उहाँले बताउनु भयो । शुक्रबारदेखि सुरु हुने प्रतियोगिता यहि फागुनको २६ गते सम्पन्न हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई ३३ हजार रुपैंया, द्वितीय हुनेलाई २२ हजार रुपैंयाँ र तृतीय हुने टिमलाई ११ हजार रुपैंया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक मेखबहादुर क्षेत्रीले जानकारी दिनुभयो । प्रतियोगितामा बिधागत उत्कष्ट हुने खेलाडीलाई समेत परस्कृत गरिने छ ।
ग्रामिण क्षेत्रमा रहेको सुद्धोधन गाउँपालिकालाई भलिवल खेलका माध्यमबाट राष्ट्रिय रुपमा परिचित गराउन र युवाहरुलाई कुलतमा लाग्न रोक्नका लागि पनि प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका सल्लाहकार नरेन्द्र बिक्रम खड्काले बताउनु भयो ।
प्रतियोगिता सञ्चालन गर्न ३ लाख १६ बढी रकम लाग्ने अनुमान गरिएको छ भने प्रमथ पुरस्कार अमेरिकामा रहेका फर्साटिकर निवासी विवेक जिसीले प्रायोजन गर्नुभएको प्रतियोगिताका सदस्य मनोज भण्डारीले बताउनु भयो । प्रतियोगिता सञ्चालनमा भएको आम्दानीको २५ प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गरिने पनि सप्लायर्सका अध्यक्ष निउरेले बताउनु भयो ।

≪ Previous Post

रुपन्देहीमा उद्योगीलाई प्रोत्साहन गर्न विजनेस इन्क्युवेसन कार्यक्रम सुरु

Next Post ≫

गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम तिलोत्तमामा शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क