Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम तिलोत्तमामा शुरु
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम तिलोत्तमामा शुरु

संसारपोस्ट संवाददाता · २३ फाल्गुन २०७६ · 0
गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम तिलोत्तमामा शुरु
60
SHARES
ShareTweet


बुटवल २३ फागुन
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम सुरु गरेको छ ।
गर्भवती आमा र शिशुको स्वास्थ्यलाई प्रवद्र्धन गर्न यो कार्यक्रम सुरु गरिएको नगर उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रमले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पु¥याउनुपर्ने कुराको बारे चेतना फैलाउने नगरपालिकाले जनाएको छ ।
शुक्रबार वडा नं. १७ को गंगोलिया स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा गर्भवती महिलालाई पौष्टिक आहार र क्यालसियम चक्की वितरण गरी गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम सुरु गरिएको हो ।
नगरपालिकाले यसअघि नै गर्भवतीका लागि चाहिने क्यालसियम निःशुल्क दिने निर्णय गरेको थियो ।
एक जना महिलाका लागि गर्भधारण गरेको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म २२५ चक्की क्यालसियम चाहिने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
नगरबासीको स्वास्थ्यमा सुधार ल्याउँदै औसत आयु बढाउन नगरपालिकाको आन्तरिक स्रोतबाट निःशुल्क क्यालसियम र पौष्टिक आहार प्रदान गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो ।
पोषणमा सबैको पहुँच पुर्याउन यो कार्यक्रमले चेतना अभिवृद्धि गराउने नगर प्रमुख घिमिरेको विश्वास छ । भौतिक निर्माण मात्र विकास होइन महिला र शिशुको स्वास्थ्य सुधार गर्नुपनि विकास हो भन्ने मान्यताका साथ यो कार्यक्रम सञ्चालन गरिएको बताउँदै उप–प्रमुख चौधरीले कार्यक्रमबाट लाभलिन सम्पूर्ण गर्भवतीलाई आग्रह गर्नुभयो ।
गर्भावस्थामा नियमित चार पटक सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउनेलाई पौष्टिक आहार दिने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख मोतिप्रसाद पौडेलले बताउनुभयो । गर्भवती महिलाले अरुबेलाको तुलनामा पोषिलो खानेकुरा बढी खानुपर्छ भन्ने सन्देश दिनका लागि पौष्टिक आहार वितरण गरिएको उहाँले बताउनुभयो ।
पौष्टिक आहारमा घिऊ, चना, मसुरो, नरिवल, छोडा, आयोनुन, ज्वानो, साबुन राखिएको छ ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माले तिलोत्तमाले सुरु गरेका सुत्केरीलाई थप प्रोत्साहन भत्ता, निःशुल्क क्यालसियम, पौष्टिक आहार वितरण जस्ता कार्यक्रमले मातृशिशु मृत्युदर कम गराउने बताउनुभयो ।

≪ Previous Post

रुपन्देहीको फर्साटिकरमा दोस्रो खुला भलिवल प्रतियोगिता

Next Post ≫

खाने बानीको सुधारका लागि खाद्य मेला शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क