Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बिरामी २ महिलालाई लायनेश क्लवद्वारा आर्थिक सहायता प्रदान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बिरामी २ महिलालाई लायनेश क्लवद्वारा आर्थिक सहायता प्रदान

संसारपोस्ट संवाददाता · २६ फाल्गुन २०७६ · 0
बिरामी २ महिलालाई लायनेश क्लवद्वारा आर्थिक सहायता प्रदान
80
SHARES
ShareTweet


बुटवल, २६ फागुन
लायनेश क्लव अफ बुटवलले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा उपचाररत दुई जना महिलालाई आर्थिक सहायता प्रदान गरेको छ । क्लवमा स्थापित स्व. ज्ञानुदेवी अक्षयकोषबाट अस्पतालमा उपचाररत गैडहवा ७ रुपन्देहीकी २५ वर्षीय प्रतिमा थारु र शुद्धोधन ५ कपिलबस्तुकी २० वर्षीय जैनक खातुनलाई जनही ७ हजार ५ सय रुपैंया आर्थिक सहायता प्रदान गरिएको क्वलकी अध्यक्ष पुजन श्रेष्ठले जानकारी दिनुभयो ।
गैडहवा ७ की प्रतिमा गत २३ गते प्रसुतीकालागि अस्पतालमा भर्ना हुनु भएको थियो भने कपिलबस्तुकी जैनक गत १९ गते अस्पतालमा भर्ना हुनुभएको र बिरामीको पृष्ठभूमि हेर्दा आर्थिक अवस्था निकै कमजोर देखिएको आम्दाकी मेट्रोन सुशिला विश्वकर्माले जानकारी गराउनु भयो । क्लवले अस्पतालले गरेको सिफारिसका आधारमा आर्थिक सहायता प्रदान गर्ने गर्दछ । त्यससंगै क्लवले अस्पतालमा रहेका अन्य बिरामीलाई पोषण आहार वितरण गरेको थियो ।
स्वर्गीय ज्ञानुदेवी कसजुको स्मृतिमा उहाँका छोरा ज्ञानेन्द्र कसजुले सन् २००५ मा उक्त अक्षयकोष स्थापना गर्नुभएको थियो । उक्त अक्षय कोषबाट लायनेश क्लवले प्रत्येक नारी दिवसमा आम्दा अस्पतालमा उपचाररत गरिव तथा विपन्न महिला बिरामीलाई आर्थिक सहायता प्रदान गर्दै आएको छ ।
त्यस अवसरमा बोल्दै अस्पतालका निमित्त निर्देशक केशवराज शर्माले विपन्न बिरामीलाई आथिर्क सहायता प्रदान गर्नकालागि आम्दा रोजेकामा आभार सहित क्लवलाई धन्यवाद व्यक्त गर्नुभयो । क्लवकी अध्यक्ष पुजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव अफ बुटवलका अध्यक्ष नरेशकुमार श्रेष्ठ, संस्थापक सचिव तथा पूर्वअध्यक्ष जीवनप्रसाद वझा, पूर्वअध्यक्ष ज्ञानेन्द्र कसजु, कार्यक्रम संयोजक कामना वझा, क्लवकी सचिव मीना श्रेष्ठ, रमा राजभण्डारी लगायतले भनाई राख्नुभएको थियो ।

≪ Previous Post

महिला चालकलाई नारी दिवसमा लायन्स बुटवल युथद्वारा सम्मान

Next Post ≫

नारी दिवसको अवसरमा लर्ड बुद्धद्वारा बुटवलमा दन्त शिबिर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क