बुटवल, २६ फागुन । लायन्स क्लव अफ बुटवल युथले नारी दिवसको अवसरमा पाँच जना महिला चालकलाई सम्मान गरेको छ । सामाजिक काममा सक्रिय क्लवले आईतबार बुटवलको ट्राफिकचोकमा एक कार्यक्रम गरि उनीहरुलाई सम्मान गरेको हो ।
क्लवले साधन चलाउन सुरु गरेदेखि हालसम्म एउटा पनि दुर्घटना नगराएको अनुशासित चाकललाई सम्मान गरिएको क्वलका अध्यक्ष दिपकप्रसाद श्रेष्ठले बताउनु भयो । क्लवले माईक्रो बस चालक कपिलबस्तुको बाणगंगा नगरपालिका बनकागाईकी नीमा सारु, ट्याक्सी चालक नवलपरासी बर्दघाटकी धनमायाँ चौधरी तथा रिक्सा चालकहरु बुटवल देवीनगरका वर्षा दर्जी, शोभा घिमिरे, मीना अर्घालीलाई नगद सहित सम्मान पत्रले सम्मान गरेको हो । उनीहरुलाई संघीय प्रहरी इकाई कार्यालय रुपन्देहीका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक मोहनकुमार आचार्यले सम्मान गर्नुभएको हो ।
त्यस अवसरमा बोल्दै लायन्स क्लवका डिष्ट्रिक को चिफ एडभाईजर अर्जुनमान सैंजुले लायन्स क्लव बिशुद्ध सामाजिक काम गर्ने संस्था भएको बताउँदै क्लवले गर्ने सामाजिक कामले सबैलाई प्रेरणा प्रदान गर्ने बताउनु भयो ।
त्यस अवसरमा लायन्स क्लवका डिष्ट्रिक को चिफ एडभाईजरहरु सुरेशरत्न बज्राचार्य, सुनिता श्रेष्ठ, डिष्ट्रिक एडभाईजरहरु पुरुषोत्तमभक्त प्रधानाङ्ग, बालाराम भट्टराई, रिजन चियरप्रसन जाकिर हुसेन, क्लवका सचिव बिष्णु काफ्ले, कार्यक्रम संयोजक रबिन कार्की लगायतले भनाई राख्नुभएको थियो ।