भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ ।
भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार तथा पशु क्वारेन्टाईन चेक पोष्ट कार्यालय बेलहियामा बुझाएको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति सिद्धार्थनगर नगरपालिका वडा नं. ११ शंखरपुरबाट २ बोरा मटर तथा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले जिल्लाको मायादेबी गाउँपालिका वडा नं. ८ मा बेवारिसे अवस्थामा रहेको बिभिन्न किसिमको चकलेट, गोल्डी मसला, वासर र अगरबत्ती बरामद गरेको छ ।
यस्तै इलाका प्रहरी कार्यालय कदमहवाबाट खटिएको प्रहरी टोलीले कोटहिमाइ गाउँपालिका वडा नं. ४ कदमहवामा बेबारीसे अवस्थामा रहेको ७ प्याकेट स्प्राइट र ११ पिस बोईलर कुखुरा तथा प्रहरी चौकी मर्यादपुरबाट खटिएको टोलीले कोटहिमाइ गाउँपालिका वडा न. ३ त्रीलोकपुरबाट प्याज २ क्विन्टल, स्प्राइट र २ बोरा घासको बिउ बरामद गरेको छ।
यसैगरी प्रहरी चौकी कालिदहबाट खटिएको टोलीले लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १ खुनगाईमा बेवारिसे अबस्थामा रहेको विभिन्न किसिमका पटका तथा प्रहरी चौकी मैनिहवाबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका वडा नं.२ भटपुरवाबाट १ थान फ्रिज र १ थान कुलर बरामद गरेको छ ।