Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ प्रदेश पाँचका मुख्य मन्त्री पोखरेलद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश पाँचका मुख्य मन्त्री पोखरेलद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त

संसारपोस्ट संवाददाता · २५ फाल्गुन २०७६ · 0
प्रदेश पाँचका मुख्य मन्त्री पोखरेलद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त
110
SHARES
ShareTweet


बुटवल २५ फागुन
प्रदेश पाँचका मुख्य मन्त्री शंकर पोखरेलले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा समस्त महिला दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ ।
मुख्यमन्त्रीद्धारा जारी गर्नु भएको शुभकामना सन्देशको पुर्णपाठ

आज मार्च ८ अर्थात अन्तराष्ट्रिय महिला दिवस । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा समस्त महिला दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
महिला सशक्तिकरण र आत्मसम्मान उत्सवको रुपमा विश्वमा मार्च ८ लाई मनाइन्छ । नेपालमा महिला सशक्तिकरण र आत्मसम्मान उत्सव मात्रै नभएर राजनैतिक चेतना र जागरण विस्तारको अवसरका रुपमा मनाइदैं आएको छ । जहाँनिया राणा शासन, निरकुंश पञ्चायती व्यवस्था र शाही शासनको कठीन अवस्थामा प्रजातान्त्रिक अधिकार प्राप्तिका लागि नेपाली महिलाहरुले गरेको संघर्ष निकै अविस्मरणीय छ । ती अध्याँरा र अप्ठारा दिनमा मार्च ८ को विशेष महत्व थियो । महिला आन्दोलन केवल महिला अधिकार र समानताको लडाईमा मात्रै सिमित नभएर लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण र फराकिलो दायरामा विस्तार भएको थियो । लोकतान्त्रिक आन्दोलनको दायरालाई फराकिलो बनाउन र उत्कर्षमा पु¥याउन महिला दिवसको सन्दर्भमा आयोजना भएका कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै महिलाहरुको सक्रियता, जुझारुपन र अठोटको हार्दिक सम्मान व्यक्त गर्दछु ।
विगतमा भएका आन्दोलन र संघर्षबाट नै संविधानमा महिला अधिकारका विषयलाई समेट्न संभव भएको हो । राज्यको माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था छ । समावेशी, समानुपातिक र लैंगिक हिसाबले पनि नेपालको संविधान विश्वमै नमूना छ । महिला समानतासंग सम्बन्धित विभिन्न विषयलाई संविधानले मौलिक हकका रुपमा व्याख्या गरेको छ । विगतका संघर्षबाट प्राप्त उपलब्धीको सही प्रयोग गरेर समतामुलक र समावेशी नेपाली समाज निमार्णको अभियानमा हामी जुटिरहेका छौं ।
अझै नेपाली महिला बोक्सी, छाउपडी र दाइजो जस्ता कुरीतिको शिकार भइरहेका छन्, यस्ता कुरीतिलाई हटाउन सबै हातेमालो गरेर अघि बढ्न जरुरी छ । कानुनको सही कार्यान्वयन गर्न राज्यलाई सघाउ पु¥याउदै अघि बढे हामी यी समस्याको समाधान गर्न सक्छौं । यस वर्षको महिला दिवसको नारा समानताको पुस्ताः अन्त्य गरौं, हिंसा, विभेद र असमानता रहेको छ । संविधानको सफल कार्यान्वयन गर्दै समतामुलक नेपाल निर्माणको महाअभियानमा सबै एकताबद्ध भई अघि बढ्न म सबै राजनैतिक दल,समुदाय,संघसंस्था र आम नागरिकमा हार्दिक अपील गर्दछु ।
यो वर्ष कोरोना भाइरसको संक्रमणको संभावित जोखिमलाई ध्यान दिदैं सरकारले भेला,सभा र सम्मेलन नगर्न आग्रह गरेको छ । तसर्थ अन्तराष्ट्रिय महिला दिवस पारिवारिक रुपमा मनाऔं । यो वर्षको अन्तराष्ट्रिय महिला दिवसलाई कोरोना भाइरस विरुद्धको सर्तकता र सचेतना दिवसको रुपमा मनाउन अपील गर्दछु ।
अन्त्यमा, ११० औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सबै महिला दिदीबहिनीहरुप्रति सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

मिति ८ मार्च,२०२०
शंकर पोखरेल
मुख्यमन्त्री

≪ Previous Post

बहश प्रदेश ५ को स्थायी राजधानी: सत्ता पक्षवाटै बुटवलमा क्याम्पेनिङ सुरु

Next Post ≫

टिभिएसका अटो मेकानिक्सलाई दक्षता विकास तालिम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क