Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ टिभिएसका अटो मेकानिक्सलाई दक्षता विकास तालिम
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

टिभिएसका अटो मेकानिक्सलाई दक्षता विकास तालिम

संसारपोस्ट संवाददाता · २५ फाल्गुन २०७६ · 0
टिभिएसका अटो मेकानिक्सलाई दक्षता विकास तालिम
60
SHARES
ShareTweet


तिलोत्तमा, २५ फागुन । जगदम्बा मोटर्स (टीभीएस) को आधिकारिक बिक्रेता सनराईजिङ बिजनेश प्रालि मणिग्रामले अटो मेकानिक्सहरुको दक्षता विकास गर्नका निम्ति तालिम दिएको छ । नयाँ प्रविधियुक्त टीभीएस ब्रान्डका सवारीसाधनहरुको मर्मत गर्नका लागि मेकानिक्सहरुको दक्षता वृद्धि गर्न आवश्यक रहेको भन्दै ५० अटो मेकानिक्सहरुलाई तालिम दिइएको हो ।
तालिमको उदघाटन गर्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष चेतनारायण भण्डारीले अटो मेकानिक्सहरु दक्ष भएमात्रै सवारी साधनको आयू लम्बिने भएकाले तालिमबाट लाभ लिन आग्रह गरे । उनले अव यस्ताखाले तालिम नगरपालिकाले पनि सञ्चालन गर्दै जाने बताउनुभयो ।
नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष जनक अधिकारीले दक्षता वृद्धिसम्बन्धी प्रशिक्षण लिएपछि नयाँ प्रविधिका सवारीसाधनहरु मर्मत गर्न नजानेर पेसाबाटै पलायन हुनुपर्ने अवस्था नरहने बताउनुभयो । अटो मेकानिक्सहरुलाई नयाँ प्रविधिबारे सिकाउनु जरुरी भइसकेको भन्दै उहांले मेकानिक्सहरुलाई स्थानीय सरकारले प्राविधिक शिक्षासँग जोड्नुपर्ने माग गर्नुभयो ।
नेपाल अटो मेकानिक्स ट्रेड युनियनका प्रदेश ५ सचिव लक्ष्मण भण्डारीले सवारी दुर्घटना हुनुको एउटा कारण सवारीसाधनको समयमा मर्मत नहुनु पनि रहेको बताउँदै सवारी दुर्घटना न्यूनीकरणका लागि अटो मेकानिक्सहरुको भूमिका महत्वपूर्ण रहने बताउनु भयो । जगदम्बा मोटर्सका क्षेत्रीय प्रवन्धक सन्तोष पारिकले सेवाग्राहीलाई सन्तुष्ट बनाएर पठाउनका लागि प्रशिक्षण कार्यक्रम लाभदायी हुने विश्वास व्यक्त गर्नुभयो । नयाँ प्रविधिको विकाससँगै अटो मेकानिक्सहरुले पनि आफ्नो दक्षता विकास गर्न आवश्यक रहेको उहांले बताउनु भयो ।
कार्यक्रममा सर्भिस रिजनल म्यानेजर चिरन्जीवी चौधरी, सनराइजिङ बिजनेश प्रालिका प्रवन्ध निर्देशक केशव पाठकले तालिममा सिकेको सिप हासिल गरेर आफ्नो काममा लगाउन आग्रह गर्दै दक्षता हासिल गर्न यस्ता तालिम उपयोगी हुने धारणा राख्नुभयो ।

≪ Previous Post

प्रदेश पाँचका मुख्य मन्त्री पोखरेलद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त

Next Post ≫

भन्सारमा लिईने अग्रिम आयकर अब्यबहारिक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क