Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बहश प्रदेश ५ को स्थायी राजधानी: सत्ता पक्षवाटै बुटवलमा क्याम्पेनिङ सुरु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बहश प्रदेश ५ को स्थायी राजधानी: सत्ता पक्षवाटै बुटवलमा क्याम्पेनिङ सुरु

संसारपोस्ट संवाददाता · २५ फाल्गुन २०७६ · 0
बहश प्रदेश ५ को स्थायी राजधानी: सत्ता पक्षवाटै बुटवलमा क्याम्पेनिङ सुरु
110
SHARES
ShareTweet


बुटवल २५ फागुन
प्रदेश ५ को स्थायी राजधानी तोक्ने बिषय जति लम्बिदै छ उति पेचिलो बन्दै गएकोे छ । प्रदेशको स्थायी राजधानी दाङ लैजाने गरि मुख्य मन्त्रीशंकर पोखरेलले डिजाईन गरिरहेको भन्दै बुटवल पक्षधर सभासदहरुले क्याम्पेनिङ सुरु गरेका छन ।
हालै बुटवलमा नेकपा, नेपाली काँग्रेस र संघिय समाजबादी फोरमका सभासद, नागरिक समाज तथा व्यवसायिक, औधोगिक तथा व्यापारिक र पेशासग संघसस्थाका प्रतिनिधिहरु, कानुन व्यवसायी, शिक्षक सहितको भेलामा भयो ।
कुनै हालतमा रुपन्देहीबाट राजधानी सार्न दिन नहुने गरि भेलामा लविङगरियोे ।
त्यसकालागि अन्तक्रिया, छलफल र आवश्यक परे सडकमै उत्रने पनि तयार हुन का लागि एकजुट हुन आह्वान समेत गरियो ।
रुपन्देहीबाट राजधानी सार्ने षडयन्त्र गरिए त्यसबाट उत्पन्न परिस्थिती कल्पना भन्दा बाहिरको हुने चेतावनी सहभागीले दिएका छन ।
भेलामा सहभागी रुपन्देही, नवलपरासी पश्चिम, पाल्पा, गुल्मीका सत्तापक्षका केही सभासदहरुले नाम र स्थायी राजधानी नितान्त प्रदेशको अधिकार भएकाले पार्टीको केन्द्रिय निर्देशन मान्न आफुहरु बाध्य नहुने जिकीर पनि गर्नु भएको थियो ।
भेलामा स्थायी राजधानी दाङ वा बुटवल मध्ये कहाँ उपयुक्त र किन भन्ने सम्बन्धमा अध्ययन गर्न विशेषज्ञको समिति बनाएर अध्ययन प्रतिवेदन तयार गर्नु पर्ने पनि सुझाव आएको थियो ।
सरकार र प्रदेश सभा स्थापना भएको दुइ बर्ष वितिसक्दा मुख्य मन्त्रीलाइ आफनै पार्टीका सभांसदहरुले दुइ वटा आरोप लगाउदै आएका छन ।
पहिलो प्रदेशको नाम र स्थायी राजधानीको बिषय अल्झाएको र दोश्रो मन्त्री परिषदलाइ पुर्णता दिन नसकेको भन्दै गुनासो गर्ने गरेका छन ।
तर पछिल्लो समय मुख्यमन्त्रीले मन्त्री परिषद बिस्तारको तयारी थालेको भन्दै सामाजिक संजालहरुमा आएका विषयले व्यापक चर्चा पाउने गरेको छ ।
जुन खबरले प्रदेशको राजनीतिक बृत्त अहिले निकै ताकेको छ । मन्त्रीको संख्या बढाएर चालु खर्च बढाउने पक्षमा नरहेको भन्दै आर्थिक मामिला जस्तो महत्वपुर्ण मन्त्रालय आफैसंग राख्नु भएकामुख्य मन्त्री पोखरेलले एकै चोटी तीन सदस्यीय मन्त्रीपरिषद बिस्तारको तयारी गर्नु भएको भन्दै सामाजिक संजालमा चर्चा परिचर्चा देखिन थालेका छन ।
सत्तापक्षका केही प्रदेश सदस्यहरुले पदसंग राजधानी साट्ने रणनीतिका रुपमापनि टिप्पणी गर्ने गरेका छन ।
दुइ अलग अलग तर महत्वपुर्ण बिषयलाइ जोडेर मुख्य मन्त्रीले आफनो स्वार्थ अनुकुल अगाडी बढ्न खोजेको आरोप केही सभासदहरुको छ ।
सत्तापक्ष प्रदेश सदस्य कमलराज श्रेष्ठले प्रदेशको स्थायी राजधानीसंग मन्त्री पद सौदावाजी गर्न खोजिएको बताउनु भएको छ ।
बुटवल राजधानीको मुद्दालाई कमजोर बनाउन साविकको लुम्बिनी अंचलका सभांसदहरुलाइ पदको लोभमा फसाउन खोजिएको श्रेष्ठको कथन रहेको छ । त्यसोत मन्त्रीपरिषद बिस्तारका क्रममा चर्चामा ल्याइएका नामले पनि सभांसद श्रेष्ठको भनाईलाई वल पुगेको देखिन्छ ।
श्रोतका अनुसार दुइ जना राज्य मन्त्री सहित तीन जना मन्त्री नियुक्तिको तयारी भइरहेको छ । जसमा कपिलबस्तुका बिष्णु पन्थी,अर्घाखाँचीका चेतनारायण आर्चाय र प्युठानका हरिप्रसाद रिजालको नाम सामाजिक संजालमा चर्चामा राखिएको छ ।
मन्त्रीका लागि पन्थी र आर्चायलाई चर्चामा ल्याई कपिलबस्तु र अर्घाखाँचीको मत तानेर दाङका पक्षमा दुइ तिहाई पुरयाउने कसरतको रुपमा हेरिएको छ ।
मुख्य मन्त्रीले यसअघि सुझाव संकलनका नाममा गठन गरिएको विशेष समितिलाइ भरपुर्ण प्रयोग गर्न नसकेपछि मन्त्री पदसंग स्थायी राजधानी साटन खोजेको आरोप बुटवल पक्षधर सभांसदहरुको छ ।
सत्तापक्षका सभासद भोजप्रसाद श्रेष्ठले कपिलबस्तु र अर्घाखाँचीका सभासदलाई मन्त्री पदको लोभ देखाएर साविक लुम्बिनीको मत कमजोर बनाउन खोजिएको बताउनु भयो ।
काँग्रेस सभासद रमा आर्यालले पनि पहिले विशेष समिति मार्फत कपिलबस्तुलाइ जबरजस्ती चर्चामा ल्याइएको र अहिले तीनै जिल्लाका सभासदलाइ मन्त्री पद दिएर राजधानी दाङ लैजाने षणयन्त्र भइरहेको दावी गर्नु भयो ।
तर बुटवल र दाङको तानातानमा अल्झिएको स्थायी राजधानी सजिलै टुङ्गीने देखिदैन । कपिलबस्तु र अर्घाखाँचीको समर्थन जितेपनि दाङलाई स्थायी राजधानीका लागि सजिलै दुई तिहाई बहुमत पुग्दैन ।
मुख्य मन्त्री,कानुन मन्त्री,कृषि मन्त्री सभामुख, उपसभामुख,सगै नेकपाको प्रदेश नेतृत्व दाङको पक्षमा छ ।
सामाजिक विकास मन्त्रीसुदशन वराल र पर्यटन मन्त्री लिला गिरिले पनि मन्त्रीपद जोगाउनका लागि बुटवलको पक्षमा खुट्टा दह्रो गराउन नसकेको नेकपाकै सभासदहरु बताउछन । समाजिका विकास मन्त्री सुदर्शन बराल गुल्मी र पर्यटन मन्त्री गिरी रुपन्देहीवासि हुनु ।
सरकारका प्रवक्ता तथा भौतिक पुर्विाधार मन्त्री बैजनाथ चौधरीले मात्रै खुलेरै बुटवलका पक्षमा अभिव्यक्ति दिदै आउनु भएको छ ।
पार्टीको केन्द्रिय नेतृत्वसंग निर्देशन मागेका मुख्य मन्त्रीले पछिल्लो समय स्थायी राजधानीका लागि भ्रजिन ल्याण्डलाइ जोड दिदै आउनु भएको छ ।
पार्टी केन्द्रकै सल्लाहमा बुटवल पक्षधरलाइ कमजोर बनाएर राजधानी दाङ लैजाने रणनीतिलाइ अन्तिम रुप दिन थालिएको श्रोतको दावी छ ।
सामरिक, साँस्कृतिक, यातायात,पुर्वाधार, जनसंख्या र भौगोलिक रुपमा पनि प्रदेश राजधानी बुटवलनै उपयुक्त रहेको तर्क बुटवल पक्षधरहरुको छ ।
दाङ पक्षधरहरु भने भौगोलिक र दीर्घकालिन रुपमा र विकासको संभावनालाई समेत द्धिटिगत गर्नका लागि पायक पर्ने स्थान भएकाले दाङ उपयुक्त भएको दावी गरेका छन ।
पाल्पाका प्रदेश सभा सदस्य नारायणप्रसाद आर्चायले बर्दियाको राजापुरबाट बुटवल आउनु भन्दा पाल्पाको दुर्गम क्षेत्र बाँकामलामबाट बुटवल आउन धेरै समय लाग्ने भएकाले भौगोलिक हिसावले पनि बुटवलनै पायक हुने बताउनु हुन्छ ।
यो प्रदेशमा ८७ जना सभांसद रहेका छन ।
नेकपाका ६१, काँग्रेसका १९, संघीय समाजवादी फोरमका ५, राष्ट्रिय जनमोर्चा र राजपाका १÷१ जना हुन ।
प्रदेशको नाम र स्थाई राजधानीका लागि दुई तिहाई अर्थात ५८ मत चाहिन्छ ।
सबैभन्दा धेरै रुपन्देहीमा १९,कपिलबस्तुमा १२,नवलपरासी पश्चिम ५,पाल्पा ७, अर्घाखाँची ४, गुल्मीबाट ५ जना सभासद छन ।
त्यस्तै दाङमा १०,प्युठानमा ३,रोल्पामा २, रुकुम पुर्वमा ३,बाँकेमा ९ र बर्दियाबाट ८ जना सभासद रहेका छन ।

≪ Previous Post

घरेलु साना तथा औद्योगिक महोत्सवमा डान्स आईडल जारी

Next Post ≫

प्रदेश पाँचका मुख्य मन्त्री पोखरेलद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क