बुटवल, २२ फागुन । बुटवलमा जारी प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्योगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सवमा बुटवल डान्स आईडलका कार्यक्रमहरु जारी छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति प्रदेश नं ५को आयोजनामा सञ्चालित प्रादेशिक स्तरको महोत्सवमा शुक्रबार बुटवल डान्स आईडलका टप १२ प्रतिष्प्रधिले प्रतिभा प्रस्तुत गरेका आईडलका संयोजक सुन्दर गुरुङ्गले बताउनु भयो । शनिबार आईडलका टप टेन भित्रका प्रतिष्प्रधिले आफ्नो कला प्रस्तुत गर्ने संयोजक गुरुङ्गले जानकारी दिनुभयो ।
आयोजकका अनुसार आईडलको बिजेताले नगद ५० हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । साथै मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको छ ।
महिलाको नेतृत्वमा आयोजित पहिलो मेला भएकोले सहयोग गर्न महिला उद्यमी समिति प्रदेश ५ का संयोजक शान्ती शर्माले आग्रह गर्नुभयो ।
महोत्सवमा स्वदेशी वस्तुको प्रवद्र्धन गर्ने उद्देशयले यस्ता बस्तुलाई विशेष प्राथमिकता दिईएको छ भने महोत्सवले स्थानीय उत्पादनको दिगो बजारीकरणमा समेत सहयोग पु¥याउने अपेक्षा गरिएको संस्थाकी महासचिव पार्वती अधिकारीले बताउनु भयो । महोत्सवमा कृषि, बनपैदावार, हस्तकला, उर्जा, वायोग्यास, सहित पर्यटन प्रवद्र्धनका स्टलहरुको पनि सहभागिता रहेको छ ।
पेशागत सम्मानको वातावरण निमार्ण गरि लघु घरेलु उद्योग मार्फत युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य पनि राखिएको छ । महोत्सवमा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगवाट उत्पादित बस्तु एवं सामाग्री, प्रदेश ५ को मौलिक संस्कृति, कृषि उत्पादन एवं प्रविधि, स्थानिय पर्यटकीय स्थलको जानकारी मुलक प्रदर्शनी, महिला उद्यामीहरुद्धारा उत्पादित हस्तकलाका सामाग्री एवं नविनतम प्रविधि एवं बैकल्पिक उर्जा, बैक तथा वित्तिय सघ संस्था एवं सेवा प्रदायक सघ संस्थाहरुको स्टल राखिएको छ ।
महोत्सवमा एक करोडको आर्थिक कारोवार एवं ५ लाख दर्शकहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ । बुटवल उपमहानगरपालिका वडा न ११ देविनगर रंगशाला नजिकैको खुल्ला मैदानमा महोत्सव सञ्चालन भैरहेको छ ।