बुटवल, २३ फागुन । रोटरी क्लब अफ लुम्बिनी स्टार्सले बुटवल उपमहानगरपालिका वडा नं. ११ स्थित नेपाल अपाङ्ग आश्रममा २२ थान झुल र सर्फ वितरण गरेको छ ।
शुक्रवार आश्रममा एक कार्यक्रमको आयोजना गरि आश्रमका सञ्चालक डोर बहादुर रामदामलाई झुल हस्तान्तरण गरिएको हो । गर्मी बढ्दै गर्दा लामखुट्टेको प्रकोप पनि बढेको र त्यसबाट डेंगु लगायतका रोग बढ्न सक्ने हुदा त्यसबाट बच्न सहयोग पुगोस भन्दै क्लबले निशुल्क झुल वितरण गरेको क्लबका अध्यक्ष यादव भण्डारीले बताउनु भयो ।
रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्कीले झुल र सर्फ आश्रमका सञ्चालक रामदामलाई हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा बोल्दै कार्कीले रोटरी स्टार्सले स्थापनाको छोटो समयमा निकै राम्रो काम गरेको भन्दै समाजसेवालाई आदर्श मानेर अगाडी बढ्न आग्रह गर्नु भयो ।

क्लबका अध्यक्ष यादव भण्डारीको अध्यक्षता, क्लबका सदस्य विक्रम क्षेत्रीको सञ्चालनमा भएको कार्यक्रममा स्वागत क्लबका प्रेसिडेन्ट इलेक्ट बालकृष्ण पाण्डेले गर्नु भएको थियो ।
कार्यक्रममा रोट¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष विमल ढकाल, बुटवल जेसीसका अध्यक्ष राजिव गौतम, आश्रमका सञ्चालक डोरबहादुर रामदाम लगायतले बोल्नु भएको थियो ।